उपसभामुखविरुद्ध गृहजिल्लामा आन्दोलन

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
२७ पटक हेरिएको
Shares
उपसभामुखविरुद्ध गृहजिल्लामा आन्दोलन

सारांश

  • नुवाकोट : प्रदेश नम्वर ३ की उपसभामुख तथा पूर्व कृषि राज्यमन्त्री राधिका तामाङविरुद्ध नुवाकोटमा विरोधसुरु भएको छ ।
  • नेपाली कांग्रेसमा आवद्ध नेविसंघले तामाङ विरुद्ध आन्दोलन सुरु गरेको हो ।
  • उपसभामुख तामाङले राष्ट्रिय जनावर र हिन्दु नेपालीहरुले लक्ष्मीको रुपमा मान्दैै आएको गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएको विरोधमा गृहजिल्ला नुवाकोटमा चरणवद्ध प्रदर्शन सुरु भएको छ ।

नुवाकोट : प्रदेश नम्वर ३ की उपसभामुख तथा पूर्व कृषि राज्यमन्त्री राधिका तामाङविरुद्ध नुवाकोटमा विरोधसुरु भएको छ । नेपाली कांग्रेसमा आवद्ध नेविसंघले तामाङ विरुद्ध आन्दोलन सुरु गरेको हो ।

उपसभामुख तामाङले राष्ट्रिय जनावर र हिन्दु नेपालीहरुले लक्ष्मीको रुपमा मान्दैै आएको गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएको विरोधमा गृहजिल्ला नुवाकोटमा चरणवद्ध प्रदर्शन सुरु भएको छ । तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्ने उद्देश्यवाट प्रेरित रहेको जनाउंदैै युवा विद्यार्र्थीहरुले सदरमुकाम विदुरमा मसाल जुलुस सहित प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेस सम्वद्ध नेपाल विद्यार्र्थी संघ र तरुण दल सहितका भातृसंस्थाहरुले शनिवार बेलुकी ढुँगेबजारदेखि सुरु गरेको मसाल जुलुस विदुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सयौं विद्यार्थी, तरुण तथा कांग्रेस नेता कार्यकर्ताले उपसभामुख तामाङविरुद्ध नाराबाजी र जुलुस गर्दै कोणसभामा परिणत भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति तथा पूर्व सांसद जगदीश्वरनरसिंह केसी, महासमिति सदस्य रमेशकुमार महत, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, राप्रपाका जिल्ला अध्यक्ष बिष्णुप्रसाद सापकोटा, नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट, पूर्व केन्द्रीय सदस्य श्रीराम श्रेष्ठ, विद्यार्र्थी नेताहरु निरञ्जन थापा, कृष्ण मिश्र, शंकर पाण्डे लगायतले उपसभामुख तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्दे जातीय र धार्मिक सद्भाव भड्काउने उद्देश्यवाट प्रेरित रहेको आरोप लगाए ।

कोणसभामा सहभागीहरुले निर्वाचनमा बहुमत प्राप्त गरेको दम्भमा जनताको आस्थामा प्रहार भइरहे त्यसका विरुद्ध सशक्त प्रतिरोध गरिने चेतावनीसमेत दिएका छन् । प्रदेशसभा उपसभामुख तामाङले गाइको मासु खाएको आरोपमा पक्राउ परेका मकवानपुका तीनजना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापासमक्ष माग गर्दै गाई काट्नेलाई जेल हाल्ने कानुनी प्रावधान संशोधन हुनुपर्ने माग गरेपछि उनी विवादमा तानिएकी हुन् ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Surya Lama

    khate haru karaudai garxa

    Comment Author

    Shah Shah

    Niji swarth ko lagi neta haroo 85% hindu mathi khelbad.. Hindu rasty vko vye yesto din haroo aaudain thiyo.. Khuk tyo neta haroo mathi

    Comment Author

    Thapa Kaji Kanchan

    kp oli सरकार मुर्दाबात
    कम्निस्टको नियत प्रस्ट भएको छ अब जन्ता ले बुज्नु आबसेक छ?

    Comment Author

    Aakasa Lama

    Kukuraharu gae nakhane gaekhane desamagayara bikamakne?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?