उपेन्द्र यादव भन्छन् : ‘समय अझै बाँकी छ, चुनावी तालमेल गरौँ’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
२७ पटक हेरिएको
Shares
उपेन्द्र यादव भन्छन् : ‘समय अझै बाँकी छ, चुनावी तालमेल गरौँ’

सारांश

  • काठमाडौं : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसलाई अझै पनि चुनावी तालमेल गर्न आग्रह गरेका छन्।
  • लोकतान्त्रिक गठबन्धन बनाउने भनिए पनि कांग्रेसले उदारता देखाउन नसकेको आरोप लगाउँदै यादवले अन्तिम समयसम्म पनि आफूहरु तालमेलका लागि तयार रहेको बताए।
  • रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसका क्रममा अध्यक्ष यादवले मधेशमा राजपा-फोरमसँग तालमेल गर्ने हो भने कांग्रेसलाई नै फाइदा हुने बताए।

काठमाडौं : संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसलाई अझै पनि चुनावी तालमेल गर्न आग्रह गरेका छन्। लोकतान्त्रिक गठबन्धन बनाउने भनिए पनि कांग्रेसले उदारता देखाउन नसकेको आरोप लगाउँदै यादवले अन्तिम समयसम्म पनि आफूहरु तालमेलका लागि तयार रहेको बताए।

रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसका क्रममा अध्यक्ष यादवले मधेशमा राजपा-फोरमसँग तालमेल गर्ने हो भने कांग्रेसलाई नै फाइदा हुने बताए। मधेसमा कांग्रेस निकै कमजोर भइसकेको दाबी गर्दै यादवले कांग्रेसले वुद्धि पुर्‍याएर तालमेल गर्न तयार भयो भने अझै पनि उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न मिल्ने बताए।

कांग्रेसले महोत्तरी ३ मा महन्थ ठाकुर र सप्तरी २ मा यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन निवेदन दिएको थियो। यादवको क्षेत्रबाट उम्मेदवार बनेका कांग्रेसका सकलदेव सुतिहारले उम्मेदवारी फिर्ताका लागि निवेदन पनि दिएका थिए। तर, ढिला भएका कारण फिर्ता हुन सकेको थिएन। यादवले सप्तरी क्षेत्र नम्बर २ मा आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। आफ्ना प्रतिस्पर्धीहरु गैरराजनीतिक व्यक्ति भएको तर्क गर्दै यादवले बोल्नसमेत नजान्ने नेताले आफूलाई हराउन नसक्ने बताए।

यता उपेन्द्रका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार उमेश यादवले भने उपेन्द्रले विगतको जनताको हितमा कुनै पनि काम नगरेकाले यसपटक जनताले आफूलाई जिताउने दाबी गरेका छन्। आफूले विकास निर्माणका धेरै काम गरेको बताउँदै उमेशले चुनाव जितेपछि मधेसी जनताको हित हुने गरी संविधान संशोधनका लागि लडाई गर्ने प्रतिवद्धता व्यक्त गरेका गरे।

नेकपा एमाले संविधान संशोधनका लागि तयार नभए पनि आफू अघि बढ्ने उमेशको भनाई थियो। यस्तै अर्का उम्मेदवार जयप्रकाश ठाकुरले पनि त्यस क्षेत्रबाट आफूले चुनाव जित्ने दाबी गरेका छन्। अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएपछि उनीविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका हुन्। उनको उम्मेदवारीलाई स्वतन्त्र मानिएको छ।

मधेसमा राजपा-फोरमको गठबन्धनले बहुमत ल्याउने दाबी यादवले गरेका छन्। दुई दल मिलेर चुनाव जित्ने र प्रदेशमा सरकार गठन गर्ने जिकिर यादवको छ। आफूहरुको मधेसमा सरकार निर्माण गर्ने अभियानलाई कसैले रोक्न नसक्ने यादवको भनाई थियो। सप्तरी २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका यादवले अब मधेसमा सत्ताको साँचो आफूहरुको हातमा आउने दाबी गरे।

चुनावमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन दुवैको बहुमत आउन नसक्ने यादवको तर्क छ। देउवा नेतृत्वको सरकार कमजोर भएको आरोपसमेत यादवले लगाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी र समाजबीच सहकार्यमा अपरिहार्य: एसएसपी थापा
प्रहरी र समाजबीच सहकार्यमा अपरिहार्य: एसएसपी थापा
समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा
समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा
पोखरीमा डुबेर एक वृद्धको मृत्यु
पोखरीमा डुबेर एक वृद्धको मृत्यु
राप्रपाको राष्ट्रिय एकता यात्रा स्थगित
राप्रपाको राष्ट्रिय एकता यात्रा स्थगित
२४ गते अञ्जुको एकल साँझ, यति छ प्रवेश शुल्क
२४ गते अञ्जुको एकल साँझ, यति छ प्रवेश शुल्क
पिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण
पिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ : नेम्वाङ
टुरिजम डेभलप्मेन्ट बचत तथा ऋण सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न
टुरिजम डेभलप्मेन्ट बचत तथा ऋण सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न
पाँचवटा सवारीसाधन ठोक्किँदा सोह्र जनाको मृत्यु
पाँचवटा सवारीसाधन ठोक्किँदा सोह्र जनाको मृत्यु
‘लिक’ भयो ‘विप्लव’को गोप्य दस्तावेज, खड्क विश्वकर्माप्रति ठूलो अविश्वास
‘लिक’ भयो ‘विप्लव’को गोप्य दस्तावेज, खड्क विश्वकर्माप्रति ठूलो अविश्वास

तपाईंले छुटाउनुभयो कि?