एमाले अध्यक्ष ओली जन्मजिल्लाका सर्वसाधारणसँग छलफलमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०८०
|
|
१९ पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओली जन्मजिल्लाका सर्वसाधारणसँग छलफलमा

सारांश

  • तेह्रथुम ।
  • नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनीहरुका समस्याबारे जानकारी लिने भएका छन् ।
  • बैतडीको झुलाघाटबाट थालनी भएको १९ दिने सङ्कल्प यात्राका क्रममा बिहीबार गृहजिल्ला पुगेका ओली शनिबारसम्म गृहजिल्लामै रहने कार्यक्रम छ ।

तेह्रथुम । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनीहरुका समस्याबारे जानकारी लिने भएका छन् ।

बैतडीको झुलाघाटबाट थालनी भएको १९ दिने सङ्कल्प यात्राका क्रममा बिहीबार गृहजिल्ला पुगेका ओली शनिबारसम्म गृहजिल्लामै रहने कार्यक्रम छ । दुई दिन तेह्रथुमका विभिन्न स्थानका जनप्रतिनिधि, नेता, कार्यकर्ता, स्थानीय नागरिसँग प्रत्यक्ष भेटघाट गर्दै जिल्लाका समस्या बुझ्ने कार्यक्रम जारी रहेको नेकपा एमालेको कोशी प्रचार विभागका प्रमुख लक्ष्मण तिवारीले बताए ।

म्याङलुङस्थित पार्टी कार्यालयमा आज पार्टी कार्यकर्तासँग भएको भेटमा जिल्लाका समस्याबारे अध्यक्ष ओलीले जानकारी लिए । तेह्रथुम र पाँचथर जोड्ने लुबुघाटमा मोटर सञ्चालन हुने पुल १२ वर्षदेखि नबन्दा सर्वसाधारण मर्कामा परेकाले तत्काल पुल निर्माणको काम थाल्न ध्यानाकर्षणपत्र बुझाइएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै ओलीले देशको समृद्धिका लागि सङ्कल्प यात्रा आयोजना गरिएको बताउँदै प्रस्तुत विषयमा पार्टीभित्र गम्भीर छलफल गरी सरकारको ध्यानाकर्षण गराइने प्रतिबद्धता व्यक्त गरे । कृषिको व्यवसायिकीकरण र वैज्ञानिकीकरण नगरेसम्म समृद्धिको सपना साकार नहुने बताउँदै अध्यक्ष ओलीले किसानका समस्या समाधान गर्न पार्टीले हरसम्भव प्रयास गर्ने दृढता व्यक्त गरे ।

अध्यक्ष ओली आठराई गाउँपालिका–४ इवास्थित आफ्नो जन्मघरमा विश्राम गर्नेछन् । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत क्षेत्रको विकासका सम्भावना बुझ्न अध्यक्ष ओलीको नेतृत्वमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटीलगायत नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिका लागि सङ्कल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटहरीका मेयरले आफ्ना भनाई फिर्ता लिए
इटहरीका मेयरले आफ्ना भनाई फिर्ता लिए
काग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी स्याङजामा दुर्घटना
काग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी स्याङजामा दुर्घटना
तयार भयो उड्ने कार- के हामी पनि यो जाम को सास्ती बाट मुक्त हुन्छौं त ?
तयार भयो उड्ने कार- के हामी पनि यो जाम को सास्ती बाट मुक्त हुन्छौं त ?
डिएसपी हुँदा चक्रे मिलनका सहयोगी खनालले गोरे बाट सात करोड लिए,सर्बेन्द्र खनालको नाम यसरी बेचे
डिएसपी हुँदा चक्रे मिलनका सहयोगी खनालले गोरे बाट सात करोड लिए,सर्बेन्द्र खनालको नाम यसरी बेचे
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
पूर्वसभासद र पूर्वमेयरदेखि विदेशमा पढेका युवासम्म वीरगञ्जका भावी मेयरको चुनावी दौडमा’
मन्त्री पुनद्वारा चार गरीब विद्यार्थीलाई सहयोग
सुनसरीमा समानुपातिकमा एमाले पहिलो
सुनसरीमा समानुपातिकमा एमाले पहिलो
नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित
नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित
पूर्वराजा ज्ञानेन्द्र शाहले वायुसेवा निगमलाई ५ करोड तिर्न बाँकी
पूर्वराजा ज्ञानेन्द्र शाहले वायुसेवा निगमलाई ५ करोड तिर्न बाँकी
किसानका सुविधामा कर्मचारी र बिचौलियाको रजाइँ
किसानका सुविधामा कर्मचारी र बिचौलियाको रजाइँ

तपाईंले छुटाउनुभयो कि?