के दर्शकले चलचित्र हेर्न छाेडेकै हुन् त ?
सारांश
- काठमाडाै, ६ साउन ।
- यो वर्षको सुरुवातदेखि नै हेर्ने हो भने नेपाली चलचित्रले हल सम्म खासै दर्शक तान्न सकेको छैन ।
- २०७५ को सुरुवातसँगै हाल सम्म दर्जन बढी चलचित्रहरू रिलिज भए ।
काठमाडाै, ६ साउन । यो वर्षको सुरुवातदेखि नै हेर्ने हो भने नेपाली चलचित्रले हल सम्म खासै दर्शक तान्न सकेको छैन । २०७५ को सुरुवातसँगै हाल सम्म दर्जन बढी चलचित्रहरू रिलिज भए । रिलिज भएका सबै चलचित्र बक्स अफिसमा असफल छन्, तर निर्माताहरु भने आत्मरतीमा रमाइरहेका छन् । असार २९ गते हलमा चार चलचित्रहरू प्रदर्शनमा आए । बोबी, ’बाबु कान्छा’, ’वीरङ्गना’ र ’यो पागल मन’ ।
यी चार चलचित्र मध्ये बोबी हेर्न अन्य चलचित्र भन्दा बढी दर्शक हलमा देखिएका छन् । सिंगल थिएटर भन्दा पनि बोबीले मल्टिेप्लेक्समा दोस्रो सातामा पनि राम्रो कमाई गरिरहेको छ । तर बाबु कान्छा, वीरङ्गना र यो पागल मनको कमाई कमजोर रह्यो । नाम चलेका कलाकारहरू यी सिनेमामा भएता पनि चलचित्र चलेन । तर वीरङ्गना टिमले चित्त बुझाउन भएता पनि सञ्चारकर्मीलाई बोलाएर जबरजस्ती केक काट्दै खुसीयाली साटेको थियो । त्यस्तै हालत छ यो साताबाट प्रदर्शनमा आएको तीन चलचित्र भैरे, चक्कर र पण्डित बाजेको लौरीको । तीन चलचित्रमा कुनै पनि चलचित्रले दर्शक रिझाउन सकेनन् । मल्टिप्लेक्समा चलचित्र चक्करले निकै कम शो पाएको छ । सिंगल थिएटरमा पनि यसले २ दिन भन्दा बढी चक्कर लगाउन सकेन । त्यस्तै पण्डित बाजेको लौरीको हालत त्यस्तै छ । यता शनिवार चलचित्र भैरे टिम दर्शकसँग अन्तरक्रिया गर्न राजधानीको चाबहिलस्थित गोपीकृष्ण हल पुगेको थियो । गोपीले भैरेलाई मात्र एक सो दिएको छ । त्यही एक सोमा रमाउन चलचित्र टिम शनिवार हल पुगेको थियो ।
एक शो पाएर पनि निर्माणपक्ष सिनेमाले राम्रो दर्शक कमाएको भन्दै दंग छ । बिचरा, निर्माताको हातमा शेयर परेपछि त्यसको वास्तविकता थाहा हुन्छ । मल्टिप्लेक्समा पनि दयाहाङ स्टारर भैरेले निकै कम शो पाएको छ । यसरी हेर्दा, यो बर्षको साउनको पहिलो हत्तासम्म रिलिज भएका सबै चलचित्रले हावा खाएका छन् । तर, निर्माता भने केक काट्नेदेखि हलमा दर्शक आएको हल्ला फिजाएर रमाइरहेका छन् । बाहिर हल्लामा रमाएर भित्र टाउकोमा हात राखेर लामो श्वास फर्नेु बाहेक नेपाली निर्माताको दिनचर्या अरु नहुने नै हो त रु
Ganesh Shakya
कुन गतिलो चलचित्र बनेको छ त नेपालमा, हग्ने पाद्ने सबै हिरो हिरोईन छ, न कथा, न दृश्य ।