खुल्यो अन्तराष्ट्रिय विमानस्थलको अवतरण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३१, २०७६
|
|
२९ पटक हेरिएको
Shares
खुल्यो अन्तराष्ट्रिय विमानस्थलको अवतरण

सारांश

  • काठमाडौं।
  • लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ।
  • ‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो ।

काठमाडौं। लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ। ‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो । विमानस्थलबाट हुने दुबैतर्फका उडान भने रोकिएको थिएन।

डेढघण्टापछि अवरुद्ध अवतरण शुरु गरिएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए। अवतरण बन्द हुँदा भारतको नयाँ दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोका विमान आकाशमै फन्को लगाउँदै ‘होल्ड’ भएका थिए । कतिपय आन्तरिक उडानका जहाज पनि ‘होल्ड’मै थिए । उक्त विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तराष्ट्रिय र करीब ३०० आन्तरिक उडान–अवतरण हुँदैआएको छ।

यसैबीच मौसमको खराबीका कारण लुक्लाबाट काठमाडौँका लागि उडेका सात हेलिकोप्टर विभिन्न स्थानमा आकस्मिक अवतरण भएका छन् । काभ्रेको पाँचखालमा चार र सिन्धुलीको नेपालथोकमा तीन हेलिकोप्टर अवतरण भएका काभे्रपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हेलिकोप्टरमा सवार यात्रु सकुशल छन् । ती यात्रु अधिकांश विदेशी हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं
भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं
सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने प्रयासमा छ : प्रधानमन्त्री
सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने प्रयासमा छ : प्रधानमन्त्री
विजय उत्सव मनाउदै झापामा अाेली चितवनमा प्रचण्ड
विजय उत्सव मनाउदै झापामा अाेली चितवनमा प्रचण्ड
​अब लोकमानलाई जोगाउन सकिदैनःओली
​अब लोकमानलाई जोगाउन सकिदैनःओली
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
मदिरा निषेधित वडा घोषणा
मदिरा निषेधित वडा घोषणा
फर्केर हेर्दा २०७६ : आर्थिक समृद्धिको यात्रामा कोरोना सन्त्रास
फर्केर हेर्दा २०७६ : आर्थिक समृद्धिको यात्रामा कोरोना सन्त्रास
विद्युतीय बस सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय गरिने
विद्युतीय बस सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय गरिने
प्रचण्ड सरकारमा कांग्रेसका शेखर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री
प्रचण्ड सरकारमा कांग्रेसका शेखर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री
चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे
चुनावको मतगणना हुनेबेला प्रधानमन्त्री मोदी गेरु वस्त्रमा गुफा पसे

तपाईंले छुटाउनुभयो कि?