गायक अजर जंगम अभिनयमा पनि उत्तीकै सशक्त-‘कुनै दिन’को म्युजिक भिडियो सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
|
३३ पटक हेरिएको
Shares
गायक अजर जंगम अभिनयमा पनि उत्तीकै सशक्त-‘कुनै दिन’को म्युजिक भिडियो सार्वजनिक

सारांश

  • नेपाली सांगितीक क्षेत्रमा छोटो समयमा नै आफुलाई स्थापित गर्न सफल गायक अजर जंगमको नयाँ गीत कुनै दिन भिडियो सहित सार्वजनिक भएको छ ।
  • मोडल तथा नायिका श्रेया कार्की र गायक अजर जंगमकै अभिनय रहेको कुनै दिनको म्युजिक भिडियो ट्वेल्भ नोट्सको युटुव च्यानल मार्फट भर्खरै सार्वजनिक भएको हो ।
  • रोहित पौडेलको शब्द र हरी लम्सालको संगीत रहेको यो गीतको म्युजिक भिडियो सिमल सिनेमा प्रोडक्सनको निर्माण र डिन्स पाल्पालीले निर्देशनमा बजारमा आएको हो ।

नेपाली सांगितीक क्षेत्रमा छोटो समयमा नै आफुलाई स्थापित गर्न सफल गायक अजर जंगमको नयाँ गीत कुनै दिन भिडियो सहित सार्वजनिक भएको छ । मोडल तथा नायिका श्रेया कार्की र गायक अजर जंगमकै अभिनय रहेको कुनै दिनको म्युजिक भिडियो ट्वेल्भ नोट्सको युटुव च्यानल मार्फट भर्खरै सार्वजनिक भएको हो ।

रोहित पौडेलको शब्द र हरी लम्सालको संगीत रहेको यो गीतको म्युजिक भिडियो सिमल सिनेमा प्रोडक्सनको निर्माण र डिन्स पाल्पालीले निर्देशनमा बजारमा आएको हो ।

एल्वम नैना भित्र समविस्ट यो गीतको म्युजिक भिडियोमा प्रेमको अर्थ र सामिप्यतालाई कलात्मक तरिकाले चित्रण गरिएको छ । गायक जंगमका स्रोताहरुले उनको रोमान्टिक गीतका लागि अनुरोध गरेपछि तयार गरिएको यो गीतको भिडियोमा अजर जंगमको शशक्त अभिनय देख्न सकिन्छ । यस अघि पनि गायन संगै थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका गायक अजरको पछिल्लो म्युजिक भिडियो सार्वजनिक भए संगै उनका प्रशंशकहरुले गायन संगै अभिनयमा पनि निरन्तरता दिन उनलाई अनुरोध र सुझाव दिएका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?