गायिका जलजला परियारलाई २० हजार सहयोग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
गायिका जलजला परियारलाई २० हजार सहयोग

सारांश

  • काठमाडौं, माघ २६ ।
  • दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत गायिका जलजला परियारलाई गायिका जुना प्रसाई र इरिक गिरीले गाएको ‘म परे झापाली’ बोलको गीतको युट्युबमार्फत प्राप्त रोयल्टी बापतको २० हजार २०० रुपैयाँ सहयोग गरेका छन् ।
  • उनीहरुले सो रकम जलजलालाई आफ्नै हातबाट हस्तान्तरण गरेका हुन् ।

काठमाडौं, माघ २६ । दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत गायिका जलजला परियारलाई गायिका जुना प्रसाई र इरिक गिरीले गाएको ‘म परे झापाली’ बोलको गीतको युट्युबमार्फत प्राप्त रोयल्टी बापतको २० हजार २०० रुपैयाँ सहयोग गरेका छन् ।

उनीहरुले सो रकम जलजलालाई आफ्नै हातबाट हस्तान्तरण गरेका हुन् । ‘नेपाली तारा’ सिजन–३ की प्रतियोगीसमेत रहेकी जलजलालाई सहयोग गर्न सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गायिका जलजला परियार बचाउ अभियान’ चलाइएको छ ।

अर्घाखाँचीकी जलजलालाई सहयोग गर्न विभिन्न संघसंस्था तथा व्यक्तिहरू सक्रिय भएर लागेका छन् । उनको उपचारमा सहयोग गर्नका लागि राष्ट्रिय कलाकारका साथै विभिन्न कार्यक्रमको आयोजना गरेर सहयोग रकम संकलन गर्ने अभियान जारी रहेको छ ।

जलजला जस्तो सुमधुर आवाजकी धनि गायिकाको उपचार गर्नको लागि आफूले सानो रकम सहयोग गर्न पाउँदा खुसी लागेको गायिका जुनाले बताइन् ।

साथै उनले जलजलामा भएको पिडालाई कम गर्नको लागि र उनको उपचारमा सहयोग गर्नको लागि पनि सम्पूर्ण नेपाली मनहरुमा गायिकाले अपिल गरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?