गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ३, २०७३
|
|
१२२ पटक हेरिएको
Shares
गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता

सारांश

  • गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा प्रहरी प्रधान कार्यालयले काठमाडौं झिकाएका पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहाका एसपी श्याम ज्ञवालीलाई फिर्ता पठाएको छ ।
  •   गृहमन्त्री निधिले अपहरण र हुन्डीमा जोडिएकालाई कारबाही प्रक्रिया अगाडि नबढाउन दिएको निर्देशन अटेर गरेको भन्दै निमित्त प्रहरी प्रमुख विज्ञानराज शर्मा मार्फत एसपीद्वयलाई काठमाडौं झिकाए पनि विवाद बढेका कारण गृहमन्त्रीले भेट्दै नभेटी पूर्ववत कार्यक्षेत्रमै प्रमुखको रुपमा पठाएको हाे ।
  •   मन्त्री निधिले भेट्न बोलाएको भन्दै शर्माले मंगलबार दुवै एसपीलाई लिएर गृह मन्त्रालय पुगेका थिए तर भेट हुन भने सकेको थिएन ।

गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा प्रहरी प्रधान कार्यालयले काठमाडौं झिकाएका पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहाका एसपी श्याम ज्ञवालीलाई फिर्ता पठाएको छ । 

गृहमन्त्री निधिले अपहरण र हुन्डीमा जोडिएकालाई कारबाही प्रक्रिया अगाडि नबढाउन दिएको निर्देशन अटेर गरेको भन्दै निमित्त प्रहरी प्रमुख विज्ञानराज शर्मा मार्फत एसपीद्वयलाई काठमाडौं झिकाए पनि विवाद बढेका कारण गृहमन्त्रीले भेट्दै नभेटी पूर्ववत कार्यक्षेत्रमै प्रमुखको रुपमा पठाएको हाे । 

मन्त्री निधिले भेट्न बोलाएको भन्दै शर्माले मंगलबार दुवै एसपीलाई लिएर गृह मन्त्रालय पुगेका थिए तर भेट हुन भने सकेको थिएन । डेढ घण्टा कुर्दासमेत मन्त्री निधि नआएपछि उनीहरूले गृहसचिव लोकदर्शन रेग्मीलाई भेटेका थिए । शर्मा र दुवै एसपीसँग रेग्मीले करिब एक घण्टा कुराकानी क्रममा पेसीमा झिकाउनुको कारणमा प्रवेशै नगरी जिल्लाको शान्ति सुरक्षाबारे छलफल गरेका थिए । 

मंगलबार भेट्न नसकेको गृहमन्त्रीले बुधाबार भेट्ने बताएपनि उनीहरुसँग भेटघाट नै नगरी पुन: फिर्ता पठाइएको हो

सिरहामा माओवादी केन्द्रका नेता तथा पूर्वशान्तिमन्त्री विश्वनाथप्रसाद साहसहित १० जना माओवादी नेतामाथि सरकारी कर्मचारीको अपहरण गरी जबर्जस्ती कागज गराएको जाहेरी दर्ता छ । 
जाहेरी दर्ता रहे पनि माओवादी केन्द्रका नेता पक्राउ परेका छैनन् । पर्सामा हुन्डी कारोबारीको अभियोग अनुसन्धानमा व्यापारी सन्तोष जैनको परिवार नै प्रहरी हिरासतमा छ । 

स्रोतका अनुसार अपहरणको आरोप लागेका माओवादी केन्द्रका नेताविरुद्ध सिरहामा जारी अनुसन्धान र हुन्डीको कारोबारमा पर्सा प्रहरीले पक्राउ गरेका नेपाली कांग्रेस निकट व्यापारीमाथि कारबाही रोक्न दुवै एसपीमाथि दबाब बढेको थियो । उनीहरूले जाहेरी दर्ता भइसकेको विषय भन्दै अनुसन्धान रोक्न मानेका थिएनन् । 

दुवै एसपीले अस्वीकार गरेपछि गृहमन्त्री निधिले नै चासो राखेका थिए । स्रोतका अनुसार प्रहरी महनिरीक्षक उपेन्द्रकान्त अर्याल हुँदा नै दुवै एसपीलाई काठमाडौं बोलाएर प्रस्टीकरण लिने प्रयास भएको थियो । अर्यालले उनको निर्देशन अटेर गरेका थिए । उनी प्रहरी प्रमुखको सम्मेलनमा भाग लिन शुक्रबार अमेरिका गएपछि निमित्त प्रहरी प्रमुख शर्मामार्फत दुवै एसपीलाई काठमाडौं झिकाइएको हो । 

श्रोत : कान्तिपुर दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडीका तीन युवती बेपत्ता
बैतडीका तीन युवती बेपत्ता
वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने
वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने
यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)
यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)
के छ पत्रकार महासंघको जनकपुरधाम घोषणापत्रमा ?
के छ पत्रकार महासंघको जनकपुरधाम घोषणापत्रमा ?
अन्तर-सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
अन्तर-सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जलि
दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जलि
रेशम चौधरी दोषी ठहर, लक्ष्मण थारुको सजाय घट्यो
रेशम चौधरी दोषी ठहर, लक्ष्मण थारुको सजाय घट्यो
बीपीएलको डेब्यू खेलमै सन्दीपको शानदार प्रदर्शन, ४ ओभरमा २ विकेट, १६ रन (live video)
बीपीएलको डेब्यू खेलमै सन्दीपको शानदार प्रदर्शन, ४ ओभरमा २ विकेट, १६ रन (live video)
टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा
टी-२० विश्वकप छनोट खेलका लागि नेपाली टोलीको घोषणा
आतंकवादविरुद्ध नेपाल लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस
आतंकवादविरुद्ध नेपाल लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस

तपाईंले छुटाउनुभयो कि?