जनकपुरमा बन्ने प्रसुति गृहका लागि अमेरिकाको १ अर्ब अनुदान
सारांश
- काठमाडौं ।
- सरकारले जनकपुरधाममा ८ करोडको लगानीमा प्रसुति घर बनाउन लागेको छ ।
- उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रसुति गृहको शीलान्यास गर्दै जनकपुरधामलाई स्वास्थ्य सेवाको केन्द्र बनाउने बताएका छन् ।
काठमाडौं । सरकारले जनकपुरधाममा ८ करोडको लगानीमा प्रसुति घर बनाउन लागेको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रसुति गृहको शीलान्यास गर्दै जनकपुरधामलाई स्वास्थ्य सेवाको केन्द्र बनाउने बताएका छन् ।
८ करोड रुपैयाँको लगानीमा बन्न लागेको सय शैयाको प्रसुसतिगृहमा उच्चस्तरको सेवा प्रदान गरिने बताइएको छ । भवनसहित अन्य उपकरण र सुविधाका लागि अमेरिकी सरकारले १ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराएको बताइएको छ ।
अमेरिकी सरकारको सहयोगमा जनकपुर अञ्चल अस्पताल परिसरमा बन्न लागेको प्रसूतिगृहको शुक्रबार शिलान्यास भएको हो । मन्त्री यादवले विशेषज्ञ सेवा सञ्चालनको प्रयाससमेत भइरहेको बताए ।
प्रादेशिक स्तरको आयुर्वेद अस्पतालसमेत जनकपुरमै बनाउन लागिएको उनले बताए । जनकपुर फोहोर भएको र सरसरफाइमा सुधार ल्याउन जनकपुरवासीसँग आग्रहसमेत गरेका छन् ।
प्रतिक्रिया