टीकापुर घटनाको पहिलो पेसी सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२० पटक हेरिएको
Shares
टीकापुर घटनाको पहिलो पेसी सुरु

सारांश

  • काठमाडौं,साउन ३०।
  • करिब ३  वर्ष अगाडि भएको एक नाबालक र ७ प्रहरीको ज्यान गएको   टीकापुर घटनाको पहिलो पेसी सुरु भएको छ।
  • जिल्ला अदालतले साउन २४ गते पहिलो पेसीका लागि समय तोके पनि पेसी आजका लागि सारिएको थियो।

काठमाडौं,साउन ३०। करिब ३  वर्ष अगाडि भएको एक नाबालक र ७ प्रहरीको ज्यान गएको   टीकापुर घटनाको पहिलो पेसी सुरु भएको छ। जिल्ला अदालतले साउन २४ गते पहिलो पेसीका लागि समय तोके पनि पेसी आजका लागि सारिएको थियो।

पेसीका लागि टीकापुर घटनाको अभियोगमा पुर्पक्षका लागि कारागार चलान गरिएका मुख्य अभियुक्त  रेशम चौधरी सहितका अरु अभियुक्तहरु लाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ। मुद्दाको लागी आवश्यक मिसिल तयार पार्ने र वादी र प्रतिवादी पक्षबाट प्रमाण बुझेर साक्षी आदेश जारी हुन सक्ने सम्भावना रहेको छ।

थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरी बीच दोहोरो झडपमा परी एक नाबालक र ७ प्रहरीको ज्यान गएको थियो। प्रतिनिधिसभामा विजयी रेशम चौधरीसहित २६ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र चोरीडकैती मुद्दा चलाइएको छ। उनीहरु पुर्पक्षका लागि हाल कारागारमा छन।

उनीहरु लाई आज जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?