ट्रेड युनियन कांग्रेस दाङको अध्यक्षमा न्यौपाने
सारांश
- दाङ, १५ चैत ।
- नेपाल ट्रेड युनियन कांग्रेस दाङको अध्यक्षमा तीर्थराज न्यौपाने चयन भएका छन् ।
- युनियनको छैठौं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
दाङ, १५ चैत । नेपाल ट्रेड युनियन कांग्रेस दाङको अध्यक्षमा तीर्थराज न्यौपाने चयन भएका छन् । युनियनको छैठौं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
घोराहीमा बुधवार र विहीवार भएको अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसमा खुला उपाध्यक्ष पूर्णबहादुर खत्री, महिला उपाध्यक्ष चित्रकला आचार्य, उपाध्यक्ष जंगबहादुर जिसी, इन्द्रबहादुर चौधरी र विमल पौडेल चुनिएका छन् । त्यस्तै, सचिव श्रीधर शर्मा, सहसचिव बसन्तबहादुर डिसी र यज्ञबहादुर केसी, कोषाध्यक्ष भीमकुमार न्यौपाने र सहकोषाध्यक्ष बसन्ती चौधरी चुनिएका छन् । सदस्यहरुमा सुलोचना गौतम पोख्रेल, गुरुप्रसाद तिवारी, मधुमालती अधिकारी, मीना डाँगी, छुनिलाल चौधरी, तुलसीराम गिरी, मानबहादुर कँुवर र गणेश नेपाली रहेका छन् ।
ट्रेड युनियन कांग्रेसको प्र्रदेश प्रतिनिधितर्फ सुदीप गौतम, लक्ष्मी न्यौपाने, शिवप्रसाद चौधरी, मनिराम केसी, ढकबहादुर वली, प्रमोदकुमार न्यौपाने, शिवकुमार श्रेष्ठ, मानकुमार राना, पदमप्रसाद अधिकारी, तिलकबहादुर केसी, गोविन्दप्रसाद शर्मा, चुडामणी आचार्य, कृष्णबहादुर कुँवर, ठगप्रसाद पुन, श्यामकुमार रायमाझी, सतिशकुमार आचार्य, अगेन्द्र थापा, हरिदेवी पोख्रेल, सुलोचना प्रधान, याङ्सु गिरी, कोमा रावत र पेशलसिंह डिसी रहेका छन् । यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बसन्तराज घिमिरे, सुशीला सुवेदी, विष्णुप्रसाद आचार्य, सूर्यप्रकाश राणा, युवराज बस्नेत, हरिबहादुर पुन मगर, जगुलाल चौधरी, किशोरकुमार आचार्य, भीमबहादुर मरासिनी, राजेन्द्रकुमार आचार्य र एकराज आचार्य रहेका छन् ।
विजयीहरुलाई विहीवार औपचारिक कार्यक्रममा सपथ ग्रहण गराइएको छ । त्यस अवसरमा जिल्ला कार्यसमिति, केन्द्रीय एवं प्रदेश प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । निर्वाचन अधिकृत निर्मल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय उपाध्यक्ष बमबहादुर डीसी, नेपाल ट्रेड युनियन कांग्रेसका पाँच नम्बर प्रदेश सचिव युवराज बस्नेत, शिक्षक संघका पाँच नम्बर प्रदेशका अध्यक्ष अर्जुनकुमार योगी, नेपाल ट्रेड युनियन कांग्रेस दाङका निवर्तमान अध्यक्ष किशोर आचार्यले शुभकामना दिएका थिए ।
त्यस अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष तीर्थराज न्यौपानेले नेपाल ट्रेढ युनियन कांग्रेसलाई सशक्त बनाएर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक संघ दाङका सचिव प्रकाश डाँगीले गरेका थिए ।
प्रतिक्रिया