दुई बालकको दुर्घटनामा ज्यान गयो
सारांश
- दाङ, ६ जेठ- दाङको लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको ज्यान गएको छ ।
- जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी दर्भानका आठ वर्षीय गौतम बुढाथोकी रहेका छन् ।
- सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो ।
दाङ, ६ जेठ- दाङको लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी दर्भानका आठ वर्षीय गौतम बुढाथोकी रहेका छन् । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो ।
उनी बुढाथोकी आदर्श नमूना मावि लालमटियामा कक्षा ४ मा पढ्दै थिए । ठक्कर दिने गाडी र चालकलाई भालुवाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, शनिबार राप्ती नदीमा डुबेर राप्ती पुल्चोकका ८ वर्षीय बालक प्रदीप रोकाको ज्यान गएको छ ।
आमासँग नदीमा लुगाधुन पुगेका बालक रोकाको नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया