निलम्बित सांसदको आलोचित ‘पप्पु’ कन्स्ट्रक्सनसँगको ठेक्का तोडियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
निलम्बित सांसदको आलोचित ‘पप्पु’ कन्स्ट्रक्सनसँगको ठेक्का तोडियो

सारांश

  • काठमाडौं ।
  • चर्चित पप्पु कन्स्ट्रक्सनले देशका ठूला विकासका योजना बनाउने ठेक्का लिन्छ ।
  • समयमै कुनै पनि काम नसक्ने, बनाउँदा बनाउँदै भत्कने खालको काम गरेका कारण पछिल्लो समयमा आलोचित बनेको छ ।

काठमाडौं । चर्चित पप्पु कन्स्ट्रक्सनले देशका ठूला विकासका योजना बनाउने ठेक्का लिन्छ । समयमै कुनै पनि काम नसक्ने, बनाउँदा बनाउँदै भत्कने खालको काम गरेका कारण पछिल्लो समयमा आलोचित बनेको छ ।

कमसल काम र समयमा काम नसक्दा आलोचित बनेपछि कन्स्ट्रक्सनसँग गरिएका ठेक्का धमाधम तोडिन थालेका छन् । सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठेक्का तोडेको छ । ठेकेदारले लार्पवाही गर्दा कुनैपनि काम समयमै सकेको रेकर्ड छैन ।

पप्पुका सञ्चालक संघीय समाजवादी फोरमका सांसद (उनी अहिले निलम्बनमा छन्) हरिनारायण रौनियार हुन् । आफू सांसद बनेपछि ठेक्कापट्टाको काममा छोरा सुमितलाई अगाडि सारेका छन् ।

राजनीतिक पहुँच र प्रभावका कारण कर्मचारी तहबाट गरिएको ताकेता रौनियार बाबु–छोराले कुनै पनि काम समयमा नगर्ने र नटेर्ने गुनासो थियो । बाँकेमा बन्दै गरेको सिक्टा सिँचाइमा नहरमा गुणस्तरहीन काम, मनपरि लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको हो ।

ठेक्का सम्झौता गरेको २८ महिना बित्दा पनि काम शून्य भएपछि ठेक्का तोडिएको विभागले बताएको छ । राष्ट्रिय गौरवको आयोजना सिक्टामा साउदी विकास कोषले २ अर्ब ४१ करोड रुपैयाँ सहयोग गरको थियो । पप्पुले काम नगरेपछि दातृ निकायको सहयोग रकमसमेत अलमलमा परेको छ ।

समयमा काम नगर्दा आयोजनालाई परेको क्षति पप्पुको घरघरानाबाट असुलउपर गरी सञ्चालकलाई कालोसूचीमा राखिने विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?