नीजि औषधी कम्पनी फस्टाइरहदा किन थला पर्यो सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २४, २०७७
|
|
२४ पटक हेरिएको
Shares
नीजि औषधी कम्पनी फस्टाइरहदा किन थला पर्यो सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड ?

सारांश

  • वर्ष बन्द भएर ४ वर्षअघि पुनः सञ्चालनमा आएको सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले यसबीचमा २५ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिएको थियो ।
  • तर, औषधि लिमिटेड ५ वटा मात्रै औषधि उत्पादनमै सीमित छ ।
  • जसको बजारमा माग समेत न्युन छ ।

वर्ष बन्द भएर ४ वर्षअघि पुनः सञ्चालनमा आएको सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले यसबीचमा २५ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर, औषधि लिमिटेड ५ वटा मात्रै औषधि उत्पादनमै सीमित छ । जसको बजारमा माग समेत न्युन छ । जसका कारण उत्पादनले भएका कर्मचारीलाइ तबल खुवाउन समेत सरकारकै भर पर्नुपर्ने अवस्था रहेको छ ।

सरकारले १४ करोड ६५ लाख बजेट दिएपछि २०७४ बैशाख २४ गतेबाट तत्कालिन उद्योगमन्त्री नविन्द्रराज जोशीको पहलमा लिमिटेड पुनः संचालनमा मआएको थियो । जीवनजल उत्पादनसँगै पुनः सञ्चालनमा आएको सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले यसबीचमा सिटामोल र सिटाप्लस ग्लीसिन जिवनजल र कोरोना संक्रमण नेपालमा देखिए यता स्यानिटाइजरको गरी ५ प्रकारका औषधी उत्पादनमामात्रै सिमित रहदै आएको छ ।

तर पनि बजारमा खपत हुन सकेको छैन् । पछिल्लो समय कोरोना संक्रमण नेपालमा फैलिए पश्चात उत्पादन थालेको स्यानिटाइजरको भने यस बर्षमा ३ करोड बराबरको बिक्रि भएको छ । लिमिटेडका प्रवक्ता टिकाराम अर्यालले अन्य औषधीको माग भने शुन्य अवस्थामा रहेको छ । जसका कारण भएका कर्मचारीलाइ तबल खुबाउन समेत सरकारको भर पर्नुपर्ने अवस्थामा रहेको लिमिटेडका प्रवक्ता टिकाराम अर्याल बताउँछन् ।

नेपालमा निजी क्षेत्रका पचासभन्दा बढी उद्योगले औषधि उत्पादन फस्टाइरहँदा सरकारी स्वामित्वको यो उद्योग भने आफैं विरामी छ । लिमिटेड सञ्चालनमा आएको केही बर्ष ७ सयको हाराहारीमा कर्मचारीले कार्य गरेता पनि अहिले भएका ९५ जना कर्मचारी समेत बेरोजागरी जस्तै छन् । औषधी लिमिटेडले यस आर्थिक बर्षमा फेलिक्लिन एसिड र एमसिडडिएफ ट्यावलेट बनाउने योजना रहेको अर्यालले बताए । साथै कम्पनिले हेमोडाइसाइसि न्यनिट उत्पादन गर्ने योजना अगाडि बढाएको छ जसले अहिले भएका कर्मचारीले पूर्णरुपमा कामगर्ने बताबरण मिल्ने छ ।

विश्व स्वास्थ्य संगठनको कुशल निर्माण विधि (जीएमपी) मापदण्ड पूरा नगरेको भन्दै सरकारले ४७ वर्षअघि २०२९ सालमा स्थापना गरेको नेपाल औषधी लिमिटेड २०६६ सालमा बन्द गरेको थियो । २०७४ बैशाख २४ गते पुन सञ्चालनमा आएको थियो । नेपालमा औषधि, उत्पादन वृद्धि हुँदै गए पनि आत्मनिर्भर हुन सकेको छैन । मागको ४५ प्रतिशत मात्रै नेपाली उत्पादनले धानेको छ । ५५ प्रतिशत औषधि विदेशबाट नै आयात भैइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?