‘परिवारको लागि केही गर्न सकिन’ भन्ने चिट लेखेर महानगरपालिकाका बरिष्ठ अधिकृत बेपत्ता
सारांश
- पोखरा, १० असार।
- मर्निङवाक जाने भनेर शनिबार विहान ५ बजे घरबाट निस्केका पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएका छन् ।
- उनको अझै पत्तो लागेको छैन ।
पोखरा, १० असार। मर्निङवाक जाने भनेर शनिबार विहान ५ बजे घरबाट निस्केका पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएका छन् ।उनको अझै पत्तो लागेको छैन ।
उनी हरियो टिसर्ट लगाएर मर्निङवाकमा निस्केको बताइएको छ । महानगरपालिकामा बरिष्ठ सामाजिक विकास अकिृत तथा सूचना अधिकारीका रुपमा कार्यरत पौडेलले आफूले प्रयोग गर्ने २ वटै मोवाइल भने घरमै छाडेका छन् । पौडेलले ‘घरमा परिवारको लागि केही गर्न सकिन’ भनेर चिट लेखेर छाडेको परिवारले जनाएको छ ।
पौडेल हराएको भन्दै परिवारले प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएको छ । निवेदन आएलगत्तै कास्की प्रहरीले शनिबार विहानैदेखि पौडेल जानसक्ने सम्भावित ठाउँहरुमा खोजी गरिरहेको छ ।
पोखरा लेखनाथ महानगरपालिकाले बरिष्ठ अधिकृत पौडेलको बेपत्ताप्रति महानगर स्तब्ध भएको उल्लेख गर्दै उनको खोजीमा सघाइदिन अपील गरेको छ ।
महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आइतबार विज्ञप्ति जारी गर्दै पौडेलको खोजी भइरहेकाले त्यसमा सहयोग गरिदिन महानगरवासीमा अनुरोध गर्नुका साथै धैर्यधारण गरेर बसिदिनपनि आग्रह गरिएको छ ।
प्रतिक्रिया