पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट

सारांश

  • काठमाडौँ : पाँच राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन्।
  • नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा)ले मात्रै ३ प्रतिशत मत कटाउने सम्भावना देखिएको छ।
  • ३ प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने कानुनी व्यवस्था छ।

काठमाडौँ : पाँच राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा)ले मात्रै ३ प्रतिशत मत कटाउने सम्भावना देखिएको छ। ३ प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने कानुनी व्यवस्था छ।

शुक्रबार विहान ११ बजेसम्म समानुपातिकको मतगणनाको परिणाम अनुसार एमालेले सबै भन्दा बढी ३४ प्रतिशत मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ३३ प्रतिशत, नेकपा माओवादीले १४ प्रतिशत, फोरमले ५ र राजपाले ४ प्रतिशत मत प्राप्त गरेका छन् । उता एक सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय दलको सूचिमा नपर्ने भएको छ। राप्रपाले ३ प्रतिशत मत ल्याउने अवस्था न्यून रहेको छ।

त्यसै निर्वाचनको समयमा चर्चाको शिखरमा रहेको विवेकशील साझा पार्टीले पनि ३ प्रतिशत मत नकाटाउने भएको छ। एक सिट जितेका नयाँ शक्ति नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा समेत राष्ट्रिय दल नबन्ने भएको छ । निर्वाचन आयोगका अनुसार मुलुक भर १ करोड ५ लाख ८७ हजार ५ सय २१ मतदान भएको छ। जसमा अहिलेसम्म ९० प्रतिशतको हाराहारीमा मतगणना भइसकेको छ। यता प्रत्यक्ष तर्फ एमालेले ८०, माओवादी केन्द्र ३६, काँग्रेसले २३, राजपाले ११, फोरमले १० सिट जितेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
प्रहरीकै सामु जिल्लामा आगो लगाउने धम्की
प्रहरीकै सामु जिल्लामा आगो लगाउने धम्की
दिपेन्द्र लामाको चलचित्र ‘गोपी’ को ट्रेलर रिलिज
आज फेरि बढ्यो सुनको मूल्य
आज फेरि बढ्यो सुनको मूल्य
माधव नेपाल प्रदिप नेपालको घरमा, के के कुरा भयो ?
माधव नेपाल प्रदिप नेपालको घरमा, के के कुरा भयो ?
जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्दै निगम
जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्दै निगम
सरकारले भ्रष्टाचारीलाई छाेड्दैन : प्रधानमन्त्री ओली
सरकारले भ्रष्टाचारीलाई छाेड्दैन : प्रधानमन्त्री ओली
डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर, सेनाकाे हेलिकप्टरबाट काठमाडाैं ल्याइयाे
प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दै उर्जा र व्यापार विषेश प्राथमिकतामा
प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दै उर्जा र व्यापार विषेश प्राथमिकतामा
अब ट्राफिक प्रहरीले जरिवानाबाट पाउने भत्ता नपाउने
अब ट्राफिक प्रहरीले जरिवानाबाट पाउने भत्ता नपाउने

तपाईंले छुटाउनुभयो कि?