प्रकाण्डलाई छाड्न माग गर्दै फेरि बन्दीप्रत्यक्षीकरण निवेदन

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३१, २०७५
|
|
२० पटक हेरिएको
Shares
प्रकाण्डलाई छाड्न माग गर्दै फेरि बन्दीप्रत्यक्षीकरण निवेदन

सारांश

  • उदयपुर ३१,भदौ।
  • अस्बिन खड्का.
  • विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई छाड्न माग गर्दै सर्वोच्च अदालतमा पाँचौं बन्दीप्रतिक्षीकरण निवेदन दर्ता भएको छ उनको तर्फबाट वीरेन्द्र विश्वकर्माले आइतबार सर्वोच्चमा निवेदन दर्ता गरेका हुन।

उदयपुर ३१,भदौ। अस्बिन खड्का.

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई छाड्न माग गर्दै सर्वोच्च अदालतमा पाँचौं बन्दीप्रतिक्षीकरण निवेदन दर्ता भएको छ उनको तर्फबाट वीरेन्द्र विश्वकर्माले आइतबार सर्वोच्चमा निवेदन दर्ता गरेका हुन।एक महिनायता प्रकाण्डलाई काठमाडौं, काभ्रे, नुवाकोट, भोजपुर, दाङ तथा उदयपुर लगीएको छ, हरेक पछिल्ला जिल्लामा त्यही क्रम भइरहेको छ, जुन अघिल्लो जिल्लामा भएको थियो।

विभिन्न जिल्लामा अभियोग रहेको भन्दै प्रहरीले प्रकाण्डलाई पक्राउ गर्दै आएको छ। सर्वोच्च अदालतको आदेशमा रिहा भए पनि अर्को जिल्लामा मुद्दा रहेको भन्दै प्रहरीले तुरुन्तै पक्राउ परिरहेका हुन्।बम विस्फोटसम्बन्धी गतिविधि गरेकाे अाराेपमा प्रकाण्डलाई अहिले उदयपुर लगिएको छ।उनी लाई उदयपुर जिल्ला अदालत ले आज ६ दिन सम्म थुना मा राख्ने आदेश दिएको छ,भने काठमाडौ मा उनलाई छाडन बन्दीप्रतिक्षीकरण निवेदन परेको छ ।

भदौ २८मा सर्वोच्च अदालतमा उपस्थित गराइएको प्रकाण्ड लाई   दाङबाट नेपालगन्ज हुँदै विमानबाट काठमाडौं ल्याइएको थियो भने भदौ २९ गते  बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ प्रकाण्डलाई छाड्न आदेश। आदेश अनुसार प्रहरीले प्रकाण्डलाई रिहा गरे पनि सर्वोच्च अदालतकै अगाडि बाट  पुन: पक्राउ गरी  बम विस्फोटमुद्दामा काठमाडौं प्रहरीले उदयपुरपठाए को हो,उनलाई अब ६ दिन सम्मथुनामा राखेर अनुसन्धान गर्ने जिल्ला अदालत उदयपुर रे आज आदेश दियको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?