प्रचण्डको प्रस्तावः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने, नमाने जनताको बीचमा जान्छौं

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७४
|
|
२५ पटक हेरिएको
Shares
प्रचण्डको प्रस्तावः प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने, नमाने जनताको बीचमा जान्छौं

सारांश

  • काठमाडौं ।
  • पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूख मान्न अरु पार्टीहरु तयार नभए आफूहरु जनताको बीचमा जाने बताएका छन् ।
  • सोमबार माओवादी केन्द्रको ४ नम्वर प्रदेशका राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधानको प्रभावकारिता, संघीयताको सन्तुलन, राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ ।

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूख मान्न अरु पार्टीहरु तयार नभए आफूहरु जनताको बीचमा जाने बताएका छन् ।

सोमबार माओवादी केन्द्रको ४ नम्वर प्रदेशका राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधानको प्रभावकारिता, संघीयताको सन्तुलन, राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ । हिजो कांग्रेस–एमालेले मानेकै कुरा हो । आज पनि यो मुद्दामा सबै एक हुनुपर्छ ।’

उनले भने, ‘कार्यकारी राष्ट्रपतिका लागि हामी पहिला वैचारिक अभियान सञ्चालन गर्छौं, त्यसमा कांग्रेस एमालेले मानेनन् भने हामी जनताको बीचमा जान्छौ र व्यापक जनदवाव सृष्टि गर्छौं ।’

अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचनमा धेरै नै आर्थिक विकृति निम्तिएकाले यसको विकल्प खोज्नुपर्ने बताए । उनदे भने, ‘निर्वाचनमा यति धेरै विकृति आइसक्यो कि मध्यम वर्गका मान्छेहरु पनि चुनाव लड्न नसक्ने भए । घुमाई फिराई सम्भ्रान्त वर्गले मात्रै चुनाव लड्न र जित्नसक्ने परिस्थिति सिर्जना हुँदैछ । यसको अन्त्यका लागि पार्टीहरु बीच प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ । यसको पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखसँग गहिरो अन्तर्सम्बन्ध छ । समानुपातिक निर्वाचन प्रणालीबाट मात्र उत्पीडितहरु नीति निर्माणको तहमा आउँछन्, यसले निर्वाचनमा करोडौं पैसाको चलखेल हुने कुरा पनि रोक्न सकिन्छ ।’

‘एमाले लगायतका पुराना पार्टीहरुलाई संघीयता घाँडो भएको छ, गणतन्त्र पनि मन परेको छैन । समावेशी–समानुपातिक पनि मन पर्दैन । हिजो आफैँले हरुवा, चरुवा, गोठालो राखेका मान्छेहरु आज सांसद, मन्त्री भएका छन्,’ उनले भने, ‘हिजो आफूले कारिन्दा बनाएकालाई आफ्ना सांसद, मन्त्री मानेर नमस्कार गर्दा उनीहरुलाई असैह्य भएको छ । त्यसकारण पनि उनीहरु संघीयता, समावेशी–समानुपातिक र गणतन्त्र पनि उल्टाउन चाहन्छन् ।’

पार्टीभित्रका समस्याबारे चर्चा गर्दै प्रचण्डले भने, ‘पार्टीभित्र वैचारिक अस्पष्टता, संगठनात्मक अराजकता र कार्यशैलीमा आएको डरलाग्दो ह्रास नै हाम्रो समस्या हो । वर्गसंघर्षको अचुक हतियार भनेको संगठन नै हो । विचारको प्राथमिकतापछि संगठनको विशेष महत्व हुन्छ । संगठन, संगठन र फेरि पनि संगठनको हाम्रो मूख्य उद्देश्य हो । हामी पार्टीलाई रुपान्तरण गर्ने, पार्टीलाई नयाँ बनाई छाड्ने संकल्प गरेर आएका छौं ।’

माओवादी छाडेपछि नयाँ शक्ति गठन गरेका डा. बाबुराम भट्टराईले यसअघि नै यो अभियान सुरु गरिसकेका छन् । नयाँ शक्तिले १० लाख हस्ताक्षरसहित कार्यकारी राष्ट्रपतिका लागि तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाइसकेको छ ।

कार्यकारी राष्ट्रपतिका लागि तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरी जन्माउने ४८ आमाले प्रोत्साहन भत्ता पाए
छोरी जन्माउने ४८ आमाले प्रोत्साहन भत्ता पाए
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री  महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
प्रधानमन्त्री ओली स्वदेश फर्किए, सञ्चारकर्मीसँग चुइक्क बोलेनन्
प्रधानमन्त्री ओली स्वदेश फर्किए, सञ्चारकर्मीसँग चुइक्क बोलेनन्
नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश
नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश
लकडाउन प्रभाव : शान्त काठमाडौं
लकडाउन प्रभाव : शान्त काठमाडौं
सत्तारुढ दलकै विद्यार्थीले मागे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा
सत्तारुढ दलकै विद्यार्थीले मागे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा
थप अनुसन्धानलाई प्रहरीमा निवेदन दिन्छौ : लामिछाने
थप अनुसन्धानलाई प्रहरीमा निवेदन दिन्छौ : लामिछाने
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग
सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र सम्पन्न गराउन माग
अर्धभूमिगत भएका पूर्वडिआइजी नवराज सिलवाल बालुवाटारमा यसरी भए प्रकट
अर्धभूमिगत भएका पूर्वडिआइजी नवराज सिलवाल बालुवाटारमा यसरी भए प्रकट

तपाईंले छुटाउनुभयो कि?