प्रधामन्त्री ओलीको दावीः मेलम्चीको पानी काठमाडौँ आउन १ वर्ष पनि नलाग्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १३, २०७६
|
|
२८ पटक हेरिएको
Shares
प्रधामन्त्री ओलीको दावीः मेलम्चीको पानी काठमाडौँ आउन १ वर्ष पनि नलाग्ने

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको ठेकेदार भागेकाले केही ढिला भएपनि अब वर्षदिन ननाघ्ने दाबी गरेका छन् ।
  • उनले अबको केही महिनाभित्रै मेलम्चीको पानी आउने दाबी गरे ।
  • उनले विकास निर्माण र लोककल्याणकारीका क्षेत्रमा सरकार हरेक दिन एक कदम अघि बढिरहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको ठेकेदार भागेकाले केही ढिला भएपनि अब वर्षदिन ननाघ्ने दाबी गरेका छन् । उनले अबको केही महिनाभित्रै मेलम्चीको पानी आउने दाबी गरे । उनले विकास निर्माण र लोककल्याणकारीका क्षेत्रमा सरकार हरेक दिन एक कदम अघि बढिरहेको बताए । आज (सोमबार) प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको आवास भवन शिल्यानास गर्दै प्रधानमन्त्री ओलीले

सरकार तीव्र विकास निर्माणमा लागिरहे पनि केही तत्वहरुले सरकारले केही नगरेको भन्दै भ्रम र निराशा छर्ने गरेपनि सरकार आफ्नो कामको गतिबाट पछि नहट्ने बताए । उनले सरकारले केही पनि गरेन र भएन भनेर असन्तुष्टि र निरासा फैलाउने प्रवृति कायमै रहेको भन्दै वाक स्वतन्त्रताका नाममा ति हकहरुको प्रयोग पनि समुचित ढङ्गले गर्न सुझाव दिए ।

‘जेमा पनि जसरी पनि विरोध गर्ने परम्परा जारी छ । त्यस्ता परम्परा जारी गर्ने थाक्लान् तर सरकार आफ्ना उद्देश्यमा अडिग छ । गतिशिलता, स्वच्छता र तीव्रताका साथ निरन्तर अगाडि बढिरहन्छ’, उनको प्रतिबद्धता छ । प्रधानमन्त्री ओलीले देशलाई छिट्टै भिखारीमुक्त देश बनाउने र सडकमा कोही वेसाहारा र अलपत्र देख्ने अवस्था नआउने दावी पनि गरे । ‘कोही मान्छे खान नपाएर सडकमा वेवारिसे अवस्थामा बस्न सरकारले दिँदैन’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

(www.cookwarejunkies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?