प्रहरीद्वारा तेह्र जिहादी मारिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १३, २०७६
|
|
३३ पटक हेरिएको
Shares
प्रहरीद्वारा तेह्र जिहादी मारिए

सारांश

  • बुर्किना फासोमा त्यहाँको प्रहरीले विद्रोहीका विरुद्ध जारी राखेको कारबाहीका क्रममा परी कम्तीमा पनि १३ जना जिहादी विद्रोही मारिएका छन् ।
  • यहाँको एक स्थानीय प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयासमा रहेका ती जिहादीमाथि प्रहरीले गरेको कारबाहीमा परी ती ‘आतङ्ककारी’ मारिएका अधिकारीले जनाएका छन् ।
  • गत शुक्रबार भएको सो कारबाहीमा परी सुरक्षाकर्मीतर्फ भने एक जना प्रहरी मारिएका र अरु सात प्रहरी घाइते भएका प्रहरीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

बुर्किना फासोमा त्यहाँको प्रहरीले विद्रोहीका विरुद्ध जारी राखेको कारबाहीका क्रममा परी कम्तीमा पनि १३ जना जिहादी विद्रोही मारिएका छन् ।

यहाँको एक स्थानीय प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयासमा रहेका ती जिहादीमाथि प्रहरीले गरेको कारबाहीमा परी ती ‘आतङ्ककारी’ मारिएका अधिकारीले जनाएका छन् । गत शुक्रबार भएको सो कारबाहीमा परी सुरक्षाकर्मीतर्फ भने एक जना प्रहरी मारिएका र अरु सात प्रहरी घाइते भएका प्रहरीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

आक्रमणकारी जिहादीले प्रयोग गरेका हातहतियार, मोटरसाइकल र जिपीएसलगायतका साधनहरु घटनास्लथबाट प्रहरीले नियन्त्रणमा लिएको छ । सैन्य अधिकारीका अनुसार गत हप्ता भएको दुई सुरक्षा कारबाहीमा परी अरु ३२ जनाको मृत्यु भएको थियो । देशको खराब अवस्था, कमजोर सुरक्षा व्यवस्थालगायतका कारणले देशमा भइरहेको जिहादीको हिंसा नियन्त्रण गर्न बुर्किना फासोको प्रहरीलाई गाहो भएको बताइएको छ ।

हिंसात्मक गतिविधि गरिरहेको सो जिहादी समूह अलकायदा र इस्लामिक स्टेट (आइएस)सँग पनि नजिक रहेको बताइएको छ । यिनीहरुले बुर्किना फासोसँगै माली नाइजरलगायतका देशहरुमा केही वर्षदेखि हिंसात्मक गतिविधि गर्दै आइरहेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?