फोरम र नयाँ शक्ति मिलेर गठन भयो ‘समाजवादी पार्टी नेपाल’
सारांश
- काठमाडौं।
- उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.
- बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबीच एकता भएको छ।
काठमाडौं। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबीच एकता भएको छ। सोमबार राजधानीको प्रज्ञा भवनमा यी दलबीच एकता भएको हो। एकता भएसँगै वैकल्पिक राजनीतिक शक्तिको उदय भएको नेताहरुले दाबी गरेका छन्। दुई दलबीच एकतापछि गठन भएको पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ।फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले नौ बुँदे सहमति पत्रका हस्ताक्षर गरेका छन्।
‘समाजवादी पार्टी, नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा बिद्यमान जातीय, बर्गीय, लैङ्गिक र क्षेत्रिय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्नेछ’ सहमति पत्रमा उल्लेख गरिएको छ।
शीर्ष नेताहरुका बीचमा भएको सहमति अनुसार पार्टीमा दुई अध्यक्ष रहनेछन्। संघीय परिषद्को अध्यक्षता भट्टराईले गर्ने छन् भने, केन्द्रीय कमिटीको अध्यक्षता यादवले गर्नेछन्। वरियता रोलक्रम अनुसार पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई पहिलो तथा बहालवाला उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री यादव दोस्रो वरियतामा रहनेछन्। संघीय परिषद्का अध्यक्षले केन्द्रीय समितिको निर्णयलाई विशेष परिस्थितिमा उल्ट्याउने अधिकार विधानमा राखिने सहमति भएको छ। संघीय संसद्मा नयाँ शक्तिबाट १ जना र फोरमबाट १६ जना सांसद छन्।
प्रतिक्रिया