बाढीपहिरो पीडितका लागि एमाले सांसदले एक महिनाको तलव दिने
सारांश
- काठमाडौं, साउन ३१ – नेकपा एमालेले बाढीपहिरो प्रभावितका लागि सांसदको एक महिनाको तलव सहयोग गर्ने भएको छ ।
- मंगलबार बसेको एमाले संसदीय दलको बैठकले बाढीपहिरो पीडित परिवारलाई सांसदको एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेको हो ।
- बैठकले बाढीपहिरोबाट ज्यान गुमाएकाका परिवारलाई पाँचलाख रुपैयाँ प्रदान गर्न पनि सरकारसँग मागसमेत गरेको छ ।
काठमाडौं, साउन ३१ – नेकपा एमालेले बाढीपहिरो प्रभावितका लागि सांसदको एक महिनाको तलव सहयोग गर्ने भएको छ ।
मंगलबार बसेको एमाले संसदीय दलको बैठकले बाढीपहिरो पीडित परिवारलाई सांसदको एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले बाढीपहिरोबाट ज्यान गुमाएकाका परिवारलाई पाँचलाख रुपैयाँ प्रदान गर्न पनि सरकारसँग मागसमेत गरेको छ । बैठकले बाढीपहिरो पीडितको उद्धार, खोज, पुनःस्थापना, राहत लगायत कार्यक्रम तुरुन्त ल्याउन पनि सरकारसित माग गर्ने निर्णय गरेको दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।
बैठकले भारतले दशगजा क्षेत्रमा बनाएको बाँधका कारण नेपाली भूभाग डुबानमा परेको भन्दै अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउन पनि सरकारसँग माग गरेको छ । यस्तै, डाक्टर गोविन्द केसीका पूरा गर्न सकिने माग पूरा गर्दै नसकिने मागबारे डाक्टर केसीलाई जानकारी गराउन पनि एमालेले माग गरेको छ ।
प्रतिक्रिया