बालुवाटारमा शीर्ष नेताबीच सकारात्मक छलफल

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १४, २०८०
|
|
२० पटक हेरिएको
Shares
बालुवाटारमा शीर्ष नेताबीच सकारात्मक छलफल

सारांश

  • काठमाडौँ ।
  • संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने र सदनमा देखा परेको अवरोध अन्त्य गर्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

काठमाडौँ । संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने र सदनमा देखा परेको अवरोध अन्त्य गर्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्का अन्य सदस्यसँग छफल गरेर छिट्टै परिषद् बैठक बोलाउने बताएका थिए । साथै सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले सङ्घीय संसदको दुवै सदनको बैठक अवरोध गर्दै आएको छ । सो विषयमा समेत उनीहरुबीच सकारात्मक छलफल भएको बताइएको छ ।

छलफलमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोलखा भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा
दोलखा भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा
राष्ट्रियसभाका उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै
राष्ट्रियसभाका उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै
चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी
चुक्ता पुँजी कायम गर्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई चेतावनी
‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ? प्रधानमन्त्रीज्यू !’
‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कार्वाही हुन्छ? प्रधानमन्त्रीज्यू !’
देव कर्नरको २० औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १ सय २६ जनाले गरे रक्तदान
देव कर्नरको २० औँ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १ सय २६ जनाले गरे रक्तदान
चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त
चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त
शरणार्थी प्रकरणमा मुछिएका सबैको छानबिन गरौँ : थापा
शरणार्थी प्रकरणमा मुछिएका सबैको छानबिन गरौँ : थापा
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग
श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन नेपाल ट्रेड युनियन कांग्रेसको माग
नेकपा स्थायी कमिटी बैठक स्थगित्, भोलि ११ बजे बस्ने
नेकपा स्थायी कमिटी बैठक स्थगित्, भोलि ११ बजे बस्ने
मदिराको लतमा श्रुति
मदिराको लतमा श्रुति

तपाईंले छुटाउनुभयो कि?