बिमस्टेक सम्मेलन सन्ध्यामा सचिवस्तरीय वैठक आज बस्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
२२ पटक हेरिएको
Shares
बिमस्टेक सम्मेलन सन्ध्यामा सचिवस्तरीय वैठक आज बस्दै

सारांश

  • काठमाडौं – काठमाडौंमा हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनको अवसरमा सचिवस्तरीय वैठक आज बस्दैछ ।
  • वरिष्ठ अधिकारी अर्थात सचिवस्तरीय १९औं बैठक आज बस्ने भएको हो ।
  • बिमस्टेक शिखर सम्मेलनअघि सचिव र मन्त्रीस्तरीय छुट्टाछुट्टै बैठक बस्ने प्रचलन छ ।

काठमाडौं – काठमाडौंमा हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनको अवसरमा सचिवस्तरीय वैठक आज बस्दैछ ।

वरिष्ठ अधिकारी अर्थात सचिवस्तरीय १९औं बैठक आज बस्ने भएको हो । बिमस्टेक शिखर सम्मेलनअघि सचिव र मन्त्रीस्तरीय छुट्टाछुट्टै बैठक बस्ने प्रचलन छ । बैठकमा सहभागी हुन भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका विदेशसचिवहरु हिजै काठमाडौं आइसकेका छन्।

बिमस्टेकमा नेपालसहित सातवटा सदस्य छन्। परराष्ट्र मन्त्रालयका अनुसार आज बस्ने बैठकमा आठभन्दा बढी एजेन्डामा रहेर छलफल हुनेछ । भोलिदेखि बिमस्टेक मन्त्रीस्तरीय बैठक बसी छलफल हुने बताइएको छ । बिहीबार र शुक्रबार बिमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको बैठक बसी सहमति, समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

बिमस्टेक वरिष्ठ अधिकारीको बैठक आज बिहानदेखि होटल सोल्टीमा हुने बैठकमा नेपालका परराष्ट्र सचिव शंकर दास वैरागीले अध्यक्ष गर्ने कार्यक्रम छ ।

बैठकलाई बिमस्टेकका महासचिव शहिदुल इस्लामले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । आजको बैठकमा व्यापार तथा लगानी, यातायात तथा सञ्चार, प्रविधि, अन्तरदेशीय अपराध तथा प्रतिआतंकवाद, कृषि, गरिबी निवारण, जनस्वास्थ्यलगायतका मुद्दालाई प्रमुख अजेन्डा बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?