बुद्ध एयरले अव नेपालगञ्जबाट सिधै दिल्ली उडान भर्ने
सारांश
- काठमाडौ ।
- बुद्ध एयरले नेपालगञ्जबाट सिधै दिल्ली उडान गर्ने भएको छ ।
- नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको नेपालगञ्ज–दिल्ली उडान तालिका स्वीकृत गरे संगै अव उडान गर्न लागेको बुद्ध एयरले जनाएको छ ।
काठमाडौ । बुद्ध एयरले नेपालगञ्जबाट सिधै दिल्ली उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको नेपालगञ्ज–दिल्ली उडान तालिका स्वीकृत गरे संगै अव उडान गर्न लागेको बुद्ध एयरले जनाएको छ । १ जनवरी २०१९ देखि लागु हुनेगरि उडान तालिका स्वीकृत भएको हो।
बुद्ध एयरले नेपालगञ्ज–दिल्लीका लागि दैनिक ३ उडान गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको थियो। बिहान ६ः३०, दिउँसो १ र साँझ ५ः१० बजेका लागि उडान गर्न निवेदन दिएको र सो स्वीकृत भएको बुद्ध एयरले जानकारी दिएको छ।
नेपालबाट उडान अनुमति स्विकृत भएसँगै भारतको तर्फबाट समेत उडान तालिका स्वीकृत हुनुपर्छ। जसका लागि परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुद्ध एयरलाई नेपालगञ्जबाट दिल्ली उडानका लागि अनुमति दिने आग्रह गर्दै पत्राचार गरेको छ।
यस उडानबाट सुदुर पश्चिम र पश्चिमका जनताहरु प्रत्यक्ष लाभान्वित हुने बुद्ध एयरले विश्वास लिएको छ। बर्दिया, शुक्लाफाँटा निकुञ्ज, मनोरम हिमश्रृंखला, खप्तड, तिलिचो घुमन आउँने पर्यटकलाई सहज हुने छ।
लाला लीला राम आचार्य
एस्को टिकट कति लाग्ला ?