भट्टराई कूलवंश प्रतिष्ठानमा तेजकुमार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
भट्टराई कूलवंश प्रतिष्ठानमा तेजकुमार

सारांश

  • पथरी, मोरङ, १३ चैत, भट्टराई कूलवंश प्रतिष्ठान मोरङको दोस्रो जिल्ला अधिवेशनले तेजकुमार भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।
  • प्रतिष्ठान उपाध्यक्षमा शिवप्रसाद भट्टराई, सचिव दुश्यन्त भट्टराई, सह सचिव हरिमाया भट्टराई, कोषाध्यक्ष शारदा भट्टराई हुनुहुन्छ ।
  • सदस्यमा दीपेन्द्रनाथ भट्टराई, भोला भट्टराई, विष्णु प्र भट्टराई, सुशीला भट्टराई, लेखनाथ भट्टराई, तुलसी भट्टराई हुनुहुन्छ ।

पथरी, मोरङ, १३ चैत, भट्टराई कूलवंश प्रतिष्ठान मोरङको दोस्रो जिल्ला अधिवेशनले तेजकुमार भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।

प्रतिष्ठान उपाध्यक्षमा शिवप्रसाद भट्टराई, सचिव दुश्यन्त भट्टराई, सह सचिव हरिमाया भट्टराई, कोषाध्यक्ष शारदा भट्टराई हुनुहुन्छ । सदस्यमा दीपेन्द्रनाथ भट्टराई, भोला भट्टराई, विष्णु प्र भट्टराई, सुशीला भट्टराई, लेखनाथ भट्टराई, तुलसी भट्टराई हुनुहुन्छ । सुन्दरहरैँचा–५ दुलारीमा हालै सम्पन्न अधिवेशनमा भट्टराई कूलवंश प्रतिष्ठानको लागि अहोरात्र खटिई योगदान दिने तीनजनालाई सम्मानसमेत गरेको छ ।

सम्मानित हुनेमा भट्टराई कूलवंश प्रतिष्ठान मोरङका संस्थापक जीवनाथ भट्टराई, लक्ष्मीमाया भट्टराई र निशान भट्टराई हुनुहुन्छ । उहाँहरुलाई भट्टराई कूलवंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईले सम्मान गर्नुभयो ।

सम्मानित व्यक्तित्वमध्येका जीवनाथ भट्टराई सात वर्षको उमेरदेखि अन्न नखाइ (कन्दमूलमात्र खाएर) बाँच्न सफल हुनुभएका व्यक्तित्व हुनुहुन्छ ।

अधिवेशन उद्घाटनका अवसरमा बोल्ने वक्ताले भट्टराई कूलवंश प्रतिष्ठान मोरङ जिल्ला शाखाले संस्थाको प्रतिष्ठा जोगाउन सक्रिय भएर कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?