मन्त्रीको संविधान संशोधनको रटान
सारांश
- काठमाडौं ।
- उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सैंविधान संशोधनको रटान लगाएका छन् ।
- यादवले चितवनमा भएको कार्यक्रममा अबको संसद् बैठकबाट संविधान संशोधनको प्रस्ताव अघि बढाइने दाबी गरेका छन् ।
काठमाडौं । उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सैंविधान संशोधनको रटान लगाएका छन् । यादवले चितवनमा भएको कार्यक्रममा अबको संसद् बैठकबाट संविधान संशोधनको प्रस्ताव अघि बढाइने दाबी गरेका छन् ।
मन्त्री यादवले अहिले आफूहरु पहिले संविधान संशोधनको प्रस्ताव लैजाने बताएका छन् । अबको वैठकबाट संशोधन प्रस्ताब लैजाने बताएका हुन् । पार्टी सरकारमा भएका कारण संविधान संशोधनको मुद्दा ओझेलमा परेको भन्ने गलत भएको दाबी गरे ।
उनले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउने विषयमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा मन्त्रालयले प्रक्रिया अगाडि बढाइएको स्पष्ट गरे । स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन काम भइरहेको जानकारी गराए । सरकारी अस्पतालमा उपचारको गुणस्तर सुधार गर्ने पक्षमा सरकार अघि बढेको बताए ।
प्रतिक्रिया