मुलुकभर चोरीका घटना बढ्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २८, २०७६
|
|
३८ पटक हेरिएको
Shares
मुलुकभर चोरीका घटना बढ्यो

सारांश

  • काठमाडौं।
  • देशभर चोरीका घटनामा वृद्धि भएको छ।
  • प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आव २०७५र७६ मा चोरीका घटनामा दुई हजार ६४६ व्यक्ति विरुद्द मुद्दा दायर गरेको हो।

काठमाडौं। देशभर चोरीका घटनामा वृद्धि भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आव २०७५र७६ मा चोरीका घटनामा दुई हजार ६४६ व्यक्ति विरुद्द मुद्दा दायर गरेको हो।मुद्दा दायर भएकामध्ये साधारण चोरीमा धेरै रहेको छ । साधारण चोरीमा दुई हजार १४२ जना विरुद्ध मुद्दा दायर गरिएको छ। यस्तै, डाँका चोरी १९९, नकबजनी चोरी १५५, सवारी चोरी १२३, चौपाया चोरी ११, पुरातात्विक चोरी चार र रहजनी चोरीमा तीन जना विरुद्ध मुद्दा दायर गरिएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले रातिको समयमा भन्दा दिउँसोको समयमा बढी चोरी हुने गरेको बताउँछन्। “दिउँसो घरमा कोही नभएको अवस्था पारेर धेरै चोरी हुने गरेको छ”, उनले भने।प्रहरीले आव २०७४र७५ मा चोरीका घटनामा एक हजार ६२८ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो।

उपत्यकामा ८८८ विरुद्ध मुद्दा दायर

काठमाडौँ उपत्यकामा चोरीका घटनामा ८८८ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ। उपत्यकामा आव २०७५÷७६ मा उक्त व्यक्तिविरुद्ध मुद्दा दायर भएको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दिएको जानकारीअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा साधारण चोरीमा ६७९, मोटरसाइकल चोरीमा ५१, नकबजनी चोरीमा ३६, डाँका चोरीमा ८७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले विगतका वर्षहरुमा भन्दा उपत्यकामा सङ्गठित रुपमा हुने चोरीका घटनामा कमी आएपनि साधारण चोरीका घटनामा भने कम नआएको बताउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?