मोहन वैद्यको देजमो पनि डा. गोविन्द केसीको पक्षमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
मोहन वैद्यको देजमो पनि डा. गोविन्द केसीको पक्षमा

सारांश

  • काठमाडौं, २३ असार ।
  • नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा पनि जुम्लामा अनशनरत डा.
  • गोविन्द केसीको पक्षमा उभिएको छ ।

काठमाडौं, २३ असार । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा पनि जुम्लामा अनशनरत डा. गोविन्द केसीको पक्षमा उभिएको छ । डा. केसीलाई “अधिनायकवादी”को आरोप लगाउने सरकारको दृष्टिकोण पूर्वाग्रही रहेको आरोप देजमोले लगाएको छ ।

मोर्चाका अध्यक्ष सीपी गजुरेलले शनिवार विज्ञप्ति जारी गरी केसीको जीवन रक्षामा खतरा पैदा हुने सम्भावना बढेको अवस्थामा उनले उठाएका जायज मागहरु पूरा गर्न सरकारसँग माग गरेका छन् । उनको जीवनरक्षामा कुनै पनि किसिमको लापरबाही नगर्न समेत सरकारलाई चेतावनी दिएका छन् ।

डा. गोविन्द केसीले विगतमा स्वास्थ्य र शिक्षा क्षेत्रमा भएका विसंगतिहरुका विरुद्ध बसेका अनशनमा सरकारले पूरा गर्न सहमति गरेका विषयहरु समेत उल्टाउने गरी ओली नेतृत्वको सरकारले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक”कै भूमिका खेल्ने “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक”लाई संसद सचिवालयमा दर्ता गर्नुले आगोमा घिउ थप्ने काम गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?