यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०८१
|
|
४४ पटक हेरिएको
Shares
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

सारांश

  • काठमाडौं।
  • आज २०८१ साल साउन ४ गते शुक्रबार सन् २०२४ जुलाई १९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • शुक्रबार अमेरिकी डलर सामान्य अंकमा बढेको छ ।

काठमाडौं। आज २०८१ साल साउन ४ गते शुक्रबार सन् २०२४ जुलाई १९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

शुक्रबार अमेरिकी डलर सामान्य अंकमा बढेको छ । कतारी रियलको खरिद दर घट्दा बिक्री दर बढेको छ । बिहीबारको तुलनामा शुक्रबार यूरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ९८ पैसा र बिक्री दर १४६ रुपैयाँ ६४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ३७ पैसा र बिक्री दर १७४ रुपैयाँ १५ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६२ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ