यस आर्थिक वर्षभित्र ‘उज्यालो तनहुँ’ घोषणा गरिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
२२ पटक हेरिएको
Shares
यस आर्थिक वर्षभित्र ‘उज्यालो तनहुँ’ घोषणा गरिने

सारांश

  • तनहुँ ।
  • विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ ।
  • विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको हो ।

तनहुँ । विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ ।

विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको हो ।

देवघाट गाउँपालिकाका केही वडामा विद्युत् पहुँच पुग्न बाँकी रहेकाले विद्युत बिस्तारको कार्य तिव्र गतिमा भइरहेको वितरण केन्द्रका प्रमुख मेखराज जोशीले जानकारी दिए । उनका अनुसार देवघाटका केही वडामा बाहेक सबै क्षेत्रमा विद्युतीयकरण भइसकेको छ ।

बन्दीपुर–६ स्थित साराङघाटमा ३३÷११ केभी क्षमताको ट्रान्समिटरको काम भइरहेकाले उक्त काम सम्पन्न हुनेबित्तिकै सबस्टेशन सञ्चालनमा ल्याई देवघाट क्षेत्रमा विद्युत सप्लार्यस गर्ने योजना रहेको उनले बताए ।
देवघाट गाउँपालिकाको वडा नं १ को जामुने देउसरामा पचहत्तर, वडा नं २ को डिहीमा बीस, च्यापिङ्गा चालिस, वडा नं ३ को साविडाँडामा बीस, क्वादी फस्टेपानीमा साठी घरमा विद्युत् पहुँच पु¥याउन बाँकी छ ।

“ती वडामा विद्युत् विस्तारका लागि चार वटा विद्युत् खम्बा आवश्यक छ”, उनले भने । त्यस्तै वडा नं ४ मा बजेट माग गरेर टेन्डरमार्फत तार टाँग्ने काम भइरहेको छ । उनले भने, “एक÷दुई घरमा विद्युत् पु¥याउन धेरै खम्बा आवश्यकपर्ने स्थानमा विद्युत् विस्तार गरिएको छैन् ।”

जिल्लामा कूल ४३ हजार विद्युत्का ग्राहक छन् । विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले रू ३८ लाख १५ हजार सात सय २३ विद्युत् महसुल बक्यौता रहेको जनाएको छ ।

विसं २०७९ साउन १ देखि पुस मसान्तसम्म रू ३८ लाख १५ हजार सात सय २३ विद्युत् महसुल बक्यौता रहेको छ भने रू ९० लाख ९० हजार दुई सय ७७ महशुल शुल्क असुली गरिसकेको सो केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको क्याम्पस मानित विश्वविद्यालय बन्दै
पोखराको क्याम्पस मानित विश्वविद्यालय बन्दै
जेठ २२ गते बिहिवारको राशिफल यस्तो छ
जेठ २२ गते बिहिवारको राशिफल यस्तो छ
डिएसपी हुँदा चक्रे मिलनका सहयोगी खनालले गोरे बाट सात करोड लिए,सर्बेन्द्र खनालको नाम यसरी बेचे
डिएसपी हुँदा चक्रे मिलनका सहयोगी खनालले गोरे बाट सात करोड लिए,सर्बेन्द्र खनालको नाम यसरी बेचे
ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
नयाँ ट्याक्सीको दर्ता खुल्दै
नयाँ ट्याक्सीको दर्ता खुल्दै
३१ औँला भएका यी बालक !
३१ औँला भएका यी बालक !
ठूला पार्टीहरुले एमालेको लोकप्रियतालाई कमजोर बनाएर हराए : गुरुङ
ठूला पार्टीहरुले एमालेको लोकप्रियतालाई कमजोर बनाएर हराए : गुरुङ
आठौं इपिएस भाषा परिक्षा आजदेखि सुरु, ७५ हजार बढी परीक्षार्थी सहभागी हुँदै
आठौं इपिएस भाषा परिक्षा आजदेखि सुरु, ७५ हजार बढी परीक्षार्थी सहभागी हुँदै
आइसल्याण्डमा शृङ्खलाबद्ध भूकम्पपछि आपतकालको घोषणा
आइसल्याण्डमा शृङ्खलाबद्ध भूकम्पपछि आपतकालको घोषणा
अफगान शरणार्थी भन्छन् – “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”
अफगान शरणार्थी भन्छन् – “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”

तपाईंले छुटाउनुभयो कि?