लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः देउवा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
४५ पटक हेरिएको
Shares
लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः  देउवा

सारांश

  • नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा लोकतन्त्र वा अधिनायकबाद कसलाई रोज्ने भन्ने निर्णय गर्ने अधिकार जनतालाई रहेको बताउनुभएको छ ।
  • कैलाली निर्वाचन क्षेत्र नं २ को लम्कीमा आज आयोजित काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमा मात्र व्यक्तिको स्वतन्त्रता हुने भएकाले एकदलीय कम्युनिष्ट व्यवस्थामा यो अधिकार हुँदैन भन्नुभयो ।
  • सभापति देउवाले देश चुनौतीपूर्ण मोडमा उभिएको चर्चा गर्दै नेपाली काँग्रेसले मात्र देशको समृद्धि र विकास गर्न सक्ने बताउनुभयो ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा लोकतन्त्र वा अधिनायकबाद कसलाई रोज्ने भन्ने निर्णय गर्ने अधिकार जनतालाई रहेको बताउनुभएको छ ।

कैलाली निर्वाचन क्षेत्र नं २ को लम्कीमा आज आयोजित काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमा मात्र व्यक्तिको स्वतन्त्रता हुने भएकाले एकदलीय कम्युनिष्ट व्यवस्थामा यो अधिकार हुँदैन भन्नुभयो ।

सभापति देउवाले देश चुनौतीपूर्ण मोडमा उभिएको चर्चा गर्दै नेपाली काँग्रेसले मात्र देशको समृद्धि र विकास गर्न सक्ने बताउनुभयो ।

“म सुदूरपश्चिमवासीकै सहयोगमा चार चार पटक प्रधानमन्त्री भए, म सँग झगडा गर्ने, लड्ने अधिकार र हक तपाइहरुसँग छ” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले कर्णाली नदीमा बनेको पुलका साथै पूर्व–पश्चिम राजमार्गको चिसापानी–महेन्द्रनगर सडक खण्डमा २२ वटा पुल आफ्नै नेतृत्वको सरकारले निर्माण गरेको उल्लेख गर्दै “म सुदूरपश्चिमकै बासिन्दा भएकाले मेरो हात बलियो बनाउन सहयोग गर्नुहोस” भन्नुभयो ।

कैलाली क्षेत्र नं. १ बाट काँग्रेसकी प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वरी न्यौपानेले हरेक आन्दोलनको सफल नेतृत्व गरेको काँग्रेसबाट मात्र देशको विकास र समृद्धि सम्भव रहेको धारणा व्यक्त गर्नुभयो ।

क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेसका मोहनसिंह राठौरले लोकतान्त्रिक गठबन्धन बनेसँगै आफूहरुको विजय सुनिश्चित भइसकेको बताउनुभयो ।

एमालेका निवर्तमान सांसद एवं पूर्वमन्त्री समेत रहेका राठौर टिकट वितरणका क्रममा तीन हप्ताअघि मात्र काँंग्रेसमा प्रवेश गर्नुभएको थियो ।

सभामा नेकपा एमाले र (माओवादी केन्द्र)का स्थानीय नेता तथा कार्यकतालाई सभापति देउवाले पार्टी प्रवेश गराउनुभएको थियो ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Krishna Wasti

    राजावादीहरुकाे बैशाखी टेकेर कस्ताे खालकाे लाेकतन्त्र ?

    Comment Author

    Ishor Kunwar

    j man layo tae garna paiene yo temro kasto loktanta ho k lok tentra temro lage matra layako ho ra

    Comment Author

    Asafal Asafal

    janatalai Veda nabnau Janata ab bag vaisko

    Comment Author

    Bhuwan Karki

    देउवालाइ केको लोकतन्र

    Comment Author

    Bhuwan Karki

    राजाको तर खानेलाइ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?