वाग्मतीमा सभामुख चयनका लागि आज मतदान हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७९
|
|
२८ पटक हेरिएको
Shares
वाग्मतीमा सभामुख चयनका लागि आज मतदान हुँदै

सारांश

  • काठमाडौं ।
  • वाग्मती प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुँदैछ ।
  • सभामुख चयनका लागि बिहान ११ बजेदेखि प्रदेश सभा भवनमा मतदान हुने कार्यक्रम तय भएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।

काठमाडौं । वाग्मती प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुँदैछ । सभामुख चयनका लागि बिहान ११ बजेदेखि प्रदेश सभा भवनमा मतदान हुने कार्यक्रम तय भएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । प्रदेश सभाकाे सभामुखका लागि ३ जनाकाे उम्मेदवारी परेकाे छ ।

सत्ता गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री भुवन पाठकले उम्मेदवारी दिनुभएकाे छ । पाठकलाई नेकपा एमालेका सांसद् जगन्नाथ थपलियाले प्रस्ताव र माओवादी केन्द्रका युवराज दुलालले समर्थन गर्नुभएकाे छ ।

वाग्मतीकाे सभामुखका लागि नेपाली कांग्रेसबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । उहाँलाई कांग्रेस सांसद् कुन्दनराज काफ्लेको प्रस्ताव र रामकृष्ण चित्रकारको समर्थन गर्नुभएकाे छ ।

नेमकिपाबाट सायजुले उम्मेदवारी दार्ता गराउनुभएको छ । सायजुको प्रस्तावकमा नेमकिपाका सांसद् सुरेन्द्र राज गोसाइँ र गीता काफ्ले समर्थक हुनुहुन्छ ।

नेपालको संविधानको धारा १८२ को उपधारा १ मा प्रदेश सभाको पहिलो बैठक सुरु भएकाे मितिले १५ दिनभित्र सभामुख छानिसक्नुपर्ने प्रावधान छ । वाग्मती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलाे बैठक पुस १८ गते बसेको थियाे ।

११० सदस्यीय वाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद् छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?