विद्यार्थीलाई सडक नियम सिकाउँदै ट्राफिक प्रहरी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
५४ पटक हेरिएको
Shares
विद्यार्थीलाई सडक नियम सिकाउँदै ट्राफिक प्रहरी

सारांश

  • ललितपुर, २५ माघ, ट्राफिक प्रहरीले निजी र सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक नियमका बारेमा शिक्षा दिन थालेको छ ।
  • महानगरीय ट्राफिक प्रहरी ललितपुरले गत सातादेखि शुरु गरेको ‘विद्यालयमा शिक्षा’ कार्यक्रम एक सातामा नौ विद्यालयमा गरिएको प्रहरी निरीक्षक सीताराम हाछेथुले बताउनुभयो ।
  • उहाँले भन्नुभयो, “ललितपुरका सबै विद्यालयमा पुग्ने हाम्रो लक्ष्य रहेको छ ।

ललितपुर, २५ माघ, ट्राफिक प्रहरीले निजी र सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक नियमका बारेमा शिक्षा दिन थालेको छ ।
महानगरीय ट्राफिक प्रहरी ललितपुरले गत सातादेखि शुरु गरेको ‘विद्यालयमा शिक्षा’ कार्यक्रम एक सातामा नौ विद्यालयमा गरिएको प्रहरी निरीक्षक सीताराम हाछेथुले बताउनुभयो । उहाँले भन्नुभयो, “ललितपुरका सबै विद्यालयमा पुग्ने हाम्रो लक्ष्य रहेको छ ।” जानकारीमूलक भिडियो र बालबालिकासँगको अन्तरक्रिया गरेर उनीहरुलाई ट्राफिक शिक्षा दिन लागिएको उहाँले बताउनुभयो ।
बालबालिकालाई लक्ष्य गर्दा सबैभन्दा प्रभावकारी हुने हाछेथु बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भविष्यका सडक प्रयोगकर्तालाई अहिले सिकाउँदा भविष्यमा समेत सडक सुरक्षित हुनेछ । एकातिर बालबालिकाले आफूले सिकेका कुरा व्यवहारमा उतार्छन् भने अर्कातिर उनीहरुले सिकेका कुरा अभिभावकलाई सिकाउँछन् । अरु उमेर समूहले विभिन्न माध्यमबाट जानकारी पाए पनि यो उमेर समूहलाई सिकाउनका लागि विद्यालय नै पुग्दा प्रभावकारी हुन्छ ।’ भिडियोको माध्यमबाट सिकाउँदा बालबालिकाले चासो दिएर हेर्ने र सिक्ने उहाँको अनुभव छ ।
महानगरीय ट्राफिक प्रहरी ललितपुरले शिक्षकमार्फत समेत बालबालिकालाई सिकाउने योजना बनाएको छ । प्याब्सनसँगको सहकार्यमा पहिले शिक्षकलाई तालिम दिइने हाछेथु बताउनुहुन्छ । शिक्षकलाई बालबालिकाको सडक नियमसम्बन्धी सबै प्रश्नको उत्तर दिन सक्ने बनाउन लागिएको उहाँको भनाइ छ । विद्यालयको पाठ्यपुस्तकमा सडक नियम र अपनाउनुपर्ने सावधानीका विषय समेटिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?