सगरमाथा शीर हाम्रो कन्चनजङ्घा काध, उठिदिन्छ सधै हिमाल बनी देसको साध…

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २४, २०७३
|
|
२५३ पटक हेरिएको
Shares
सगरमाथा शीर हाम्रो कन्चनजङ्घा काध, उठिदिन्छ सधै हिमाल बनी देसको साध…

सारांश

सगरमाथा शीर हाम्रो कन्चनजङ्घा काध
उठिदिन्छ सधै हिमाल बनी देसको साध

गौरीशङ्कर गाथा हाम्रो जुगल हो जोश
हिमाल झै उचाई लिने नेपालीको सोच
मनास्लु झै मन छ हाम्रो अन्नपुर्ण आट
त्यही हेरी मुस्कुराउछन तराईको फाट

कान्जिरोवा कर्म हाम्रो गणेशको गौरव
देखाउनुछ कस्तो हुन्छ नेपालीको पौरख
माछापुच्छ्रे आँखा हाम्रो धौलागिरी धुरी
यहि फल्छ गर्न सके हिरा मोती मुरी

प्रेम राई “परीक्षित”
उदयपुर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?