सम्झौता, कसका कारण बाँधिए बाँध ? यस्तो छ इतिहास,

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३२, २०७४
|
|
५१ पटक हेरिएको
Shares
सम्झौता, कसका कारण बाँधिए बाँध ? यस्तो छ इतिहास,

सारांश

  • काठमाडौं ।
  • सप्तकोसी बाँध ०११ वैशाख १२ गते नेपाल र भारतबीच कोसी सम्झौतामा हस्ताक्षर भएपछि बनेको बाँध हो ।
  • ०२२ वैशाख १२ गते यो उद्घाटन भएको थियो ।

काठमाडौं । सप्तकोसी बाँध ०११ वैशाख १२ गते नेपाल र भारतबीच कोसी सम्झौतामा हस्ताक्षर भएपछि बनेको बाँध हो । ०२२ वैशाख १२ गते यो उद्घाटन भएको थियो ।

कोसी ब्यारेज १९९ वर्ष भारतले सञ्चालन गर्ने गरी भएको सम्झौताअनुसार बनेको बाँध बल्ल ५२ वर्षको भएको छ । तर, अझै १४७ वर्ष भारतले नै सञ्चालन गर्नेछ,

कानुनी वैधता लामो भए पनि बाँधको इन्जिनियरिङ क्षमता सकिएको छ । ५० वर्ष नाघेकाले बाँध कुनै पनि वेला भत्किन सक्ने चेतना नेपाल र भारत दुवै पक्षलाई छ । तर, यो विषयमा सार्थक सहमति भएको छैन ।

कोसी सम्झौताअनुसार ब्यारेज भारतबाट सञ्चालित छ र पटनास्थित कार्यालयबाट यसको सञ्चालन र रेखदेख भइरहेको छ । कोसी ब्यारेजको ढोका खोल्ने जिम्मा भारतीय कर्मचारीको छ । कोसीमा यति क्युसेक पानी बग्यो भनेर आउने जानकारी पनि भारतीयहरूले दिएपछि नेपाली अधिकारीमार्फत मिडियामा आउँछ ।

गन्डक सम्झौताः ५८ वर्षअघि बाँध बनेदेखि विवाद

१९ मंसिर ०१६ मा नेपाल र भारतबीच गन्डक सम्झौता भएको हो । बाढी नियन्त्रण, सिँचाइ र विद्युत् उत्पादन गर्ने एकीकृत उद्देश्यले भएको सम्झौतामा नेपालको तर्फबाट उपप्रधानमन्त्री सुवर्णशमशेर र भारतीय राजदूत भगवान सहायले सो सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार नेपालले ४० हजार हेक्टर जमिनका लागि सिँचाइ सुविधा पाउनुपर्नेमा २५ हजार हेक्टरमा मात्रै पाएको छ । आवश्यक परेका वेला सिँचाइ नपाउने र अनावश्यक समयमा बाढी आउने समस्याले नवलपरासीका १३ गाविसका बासिन्दा पीडित छन् । जनस्तरमा यो विषय पटक–पटक उठे पनि कूटनीतिकस्तरमा प्रभावकारी बहस हुन सकेको छैन ।

टनकपुर बाँधः ९७ वर्षअघिको अंग्रेजी घाउ

भारतमा अंग्रेजकै शासन भएका वेला सन् १९२० मा महाकाली नदीमा बाँध बनाउने गरी शारदा सन्धि भएको हो । त्यतिवेला नेपाललाई चार सय ६० क्युसेक पानी दिने भनिए पनि नेपालले कहिल्यै पाएन ।

देशमा प्रजातन्त्र पुनर्बहाल भएपछि ०४८ मा भारत भ्रमणमा गएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरेका थिए भने ०५२ मा शेरबहादुर देउवाले टनकपुरलाई समेटेर महाकाली सन्धि गरेका थिए । तर, त्यसअघि नै भारतले एकतर्फी रूपमा बनाएको जलाशयले पाँच सय ७७ मिटर नेपाली जमिन मिचेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ताे छ बिदेशी मुद्राकाे बिनिमय दर
यस्ताे छ बिदेशी मुद्राकाे बिनिमय दर
कामचलाउ सरकारले कुनै पनि सरुवा, बढुवा र नियुक्ति नगर्न प्रचण्डको चेतावनी !
कामचलाउ सरकारले कुनै पनि सरुवा, बढुवा र नियुक्ति नगर्न प्रचण्डको चेतावनी !
सिटामोल र जीवनजल अभाव
सिटामोल र जीवनजल अभाव
सरकार संग यस्ताे माग राख्दै यातायात व्यवसायीको आन्दोलन फिर्ता !
सरकार संग यस्ताे माग राख्दै यातायात व्यवसायीको आन्दोलन फिर्ता !
राष्ट्रपतिको युएई भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध विस्तारमा योगदान पुग्ने
राष्ट्रपतिको युएई भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध विस्तारमा योगदान पुग्ने
उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, समावेशी चरित्रको मतपरिणाम
उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, समावेशी चरित्रको मतपरिणाम
निर्मला हत्या प्रकरण: नेपाल प्रहरीलाइ अायाे यस्ताे निर्देशन
गाउँपालिका अध्यक्षद्वारा पत्रकारमाथि धम्की र दुव्र्यवहार, महासंघको ध्यानाकर्षण
गाउँपालिका अध्यक्षद्वारा पत्रकारमाथि धम्की र दुव्र्यवहार, महासंघको ध्यानाकर्षण
इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत
इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत
मकवानपुरमा दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने
मकवानपुरमा दलहरुले निर्वाचन आचारसंहिता पालना गर्ने