सांसद सडकमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ६, २०७६
|
|
३३ पटक हेरिएको
Shares
सांसद सडकमा

सारांश

  • चाबहिल–साँखु सडकखण्डको अवस्थाबारे बुझ्न सांसदहरु आज थलामा नै पुग्नुभएको छ ।
  • प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति, सदस्य र सडक आयोजनाका कर्मचारीसहितको टोलीले चाबहिल, जोरपाटी हुँदै साँखुसम्म पुग्ने सडकको अवलोकन गरेको हो ।
  • समितिका सभापति कल्याणीकुमारी खड्काले सडकको मर्मत तथा भत्काउन बाँकी रहेका घरको अवलोकन गर्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिइएको बताउनुभयो ।

चाबहिल–साँखु सडकखण्डको अवस्थाबारे बुझ्न सांसदहरु आज थलामा नै पुग्नुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति, सदस्य र सडक आयोजनाका कर्मचारीसहितको टोलीले चाबहिल, जोरपाटी हुँदै साँखुसम्म पुग्ने सडकको अवलोकन गरेको हो ।
समितिका सभापति कल्याणीकुमारी खड्काले सडकको मर्मत तथा भत्काउन बाँकी रहेका घरको अवलोकन गर्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँले महानगरीय प्रहरी वृत्त बौद्धको भवन अगाडि केही संरचना भत्काउनसमेत निर्देशन दिनुभयो ।

विसं २०७२ मा दुई वर्षभित्र चाबहिल–साँखु सडकखण्ड विस्तारको काम सक्ने गरी सडक निर्माण शुरु गरिएको थियो । सडक निर्माणको अवधि सकिँदा पनि अझै आधा काम सकिएको छैन ।

सरकारले चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्याएको थियो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर सोही साल असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर रहेको उक्त सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले सडक विस्तार गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?