सामाजिक जनशक्ति तयार गर्न नीति बन्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
सामाजिक जनशक्ति तयार गर्न नीति बन्दै

सारांश

  • इटहरी, ७ चैत , प्रदेश नं १ का सामाजिक विकास तथा शिक्षामन्त्री जीवन घिमिरेले समाजप्रति निष्ठाका साथ सेवा गर्न तयार हुने जनशक्तिको आँकलन गरी शैक्षिक जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले चाँडै नीति र योजना बनाउने तयारी गरिरहेको जानकारी दिनुभएको छ ।
  • मन्त्री घिमिरेले विश्व सामाजिक सेवा दिवसका अवसरमा ग्रिनपिस एकेडेमी विद्यालयका सामाजिक कार्य विषयका विद्यार्थीको सक्रियतामा मंगलबारदेखि दुई दिनसम्म सञ्चालन हुने कार्यशालाको उद्घाटन गर्दैे सामाजिक सेवा क्ष् तथा अन्य प्राविधिक क्षेत्रमा काम गर्ने जनशक्ति तयार गर्ने पक्षमा प्रादेशिक सरकारले चाँडै ठोस नीति तथा कार्यक्रम बनाउनेतिर विशेष ध्यान केन्द्रित गरिरहेको बताउनुभयो ।
  • कलेजका सामाजिक कार्य विभागका प्रमुख एवं कार्यक्रम संयोजक शैलेन्द्रकुमार राईले विश्वका अन्य विकसित मुलुकका सामाजिक कार्य विषयमा अध्ययन पूरा गरेका युवालाई सामाजिक सेवाको कार्य गर्ने प्रमाणपत्र उपलब्ध गराउने गरेको स्मरण गराउनुभयो ।

इटहरी, ७ चैत , प्रदेश नं १ का सामाजिक विकास तथा शिक्षामन्त्री जीवन घिमिरेले समाजप्रति निष्ठाका साथ सेवा गर्न तयार हुने जनशक्तिको आँकलन गरी शैक्षिक जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले चाँडै नीति र योजना बनाउने तयारी गरिरहेको जानकारी दिनुभएको छ ।

मन्त्री घिमिरेले विश्व सामाजिक सेवा दिवसका अवसरमा ग्रिनपिस एकेडेमी विद्यालयका सामाजिक कार्य विषयका विद्यार्थीको सक्रियतामा मंगलबारदेखि दुई दिनसम्म सञ्चालन हुने कार्यशालाको उद्घाटन गर्दैे सामाजिक सेवा क्ष् तथा अन्य प्राविधिक क्षेत्रमा काम गर्ने जनशक्ति तयार गर्ने पक्षमा प्रादेशिक सरकारले चाँडै ठोस नीति तथा कार्यक्रम बनाउनेतिर विशेष ध्यान केन्द्रित गरिरहेको बताउनुभयो ।

कलेजका सामाजिक कार्य विभागका प्रमुख एवं कार्यक्रम संयोजक शैलेन्द्रकुमार राईले विश्वका अन्य विकसित मुलुकका सामाजिक कार्य विषयमा अध्ययन पूरा गरेका युवालाई सामाजिक सेवाको कार्य गर्ने प्रमाणपत्र उपलब्ध गराउने गरेको स्मरण गराउनुभयो ।

कार्यक्रममा कमल कोइराला मुकुन्द घिमिरे, बोधराज नेपाललगायतले सामाजिक सेवाका क्षेत्रमा निःस्वार्थ भएर काम गर्न तयार भएका शैक्षिक जनशक्तिलाई समयसापेक्ष कार्य क्षेत्रमा खरो उत्रनका लागि राज्यले ठोस नीति निर्माणसँगै सोही मुताविकको सेवामा सक्रिय बन्ने उत्प्रेरणा दिन जरुरी रहनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्दले उपत्यकामा आंशिक असर
बन्दले उपत्यकामा आंशिक असर
रक्त क्यान्सर पीडित बालकको उपचारका लागि रकम अभाव
रक्त क्यान्सर पीडित बालकको उपचारका लागि रकम अभाव
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
बजेटको लक्ष्य:  ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर , एक सय ग्राम काँचो सुन ल्याउन पाइने
बजेटको लक्ष्य: ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर , एक सय ग्राम काँचो सुन ल्याउन पाइने
चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक
चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक
लकडाउनको मौका छोपी कालो बजारी गर्ने तीन पसलमा छापा
लकडाउनको मौका छोपी कालो बजारी गर्ने तीन पसलमा छापा
अब खाेला तर्दा कर तिर्नुपर्ने !
अब खाेला तर्दा कर तिर्नुपर्ने !
प्रहरीसँगको दोेहोरो भिडन्तमा एकको मृत्यु, २ घाइते
प्रहरीसँगको दोेहोरो भिडन्तमा एकको मृत्यु, २ घाइते
भारतबाट नेपाल आएका यात्रुहरु नाकामै अलपत्र
भारतबाट नेपाल आएका यात्रुहरु नाकामै अलपत्र
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;

तपाईंले छुटाउनुभयो कि?