सोलु, भोजपुर र खोटाङमा ५० प्रतिशत भन्दाबढी मत खस्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
१७ पटक हेरिएको
Shares
सोलु, भोजपुर र खोटाङमा ५० प्रतिशत भन्दाबढी मत खस्यो

सारांश

  • काठमाडौं, असार १४ – एक नम्बर प्रदेशको तीन जिल्लामा मतदान सुरु भएको साढे चार घण्टामा ५० प्रतिशतभन्दा माथि मतदान सकिएको छ ।
  • निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार साढे ११ बजेसम्म सोलुखुम्बुमा ६० प्रतिशत, भोजपुरमा ५० प्रतिशत र खोटाङमा ५० प्रतिशत मतदान सकिएको छ ।
  • यस्तै ताप्लेजुङमा ४१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

काठमाडौं, असार १४ – एक नम्बर प्रदेशको तीन जिल्लामा मतदान सुरु भएको साढे चार घण्टामा ५० प्रतिशतभन्दा माथि मतदान सकिएको छ ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार साढे ११ बजेसम्म सोलुखुम्बुमा ६० प्रतिशत, भोजपुरमा ५० प्रतिशत र खोटाङमा ५० प्रतिशत मतदान सकिएको छ ।

यस्तै ताप्लेजुङमा ४१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङमा ७० हजार ७७८ मतदाता छन् ।

ती जिल्लामा बिहान पानी परे पनि त्यसको कुनै प्ररहवा नगरी उत्साहपूर्ण रुपमा मतदानमा सहभागी भएका हुन् । आयोगका अनुसार अहिलेसम्म ३३ प्रतिशत मत खसेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा चुनाव भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?