श्रीमती हत्या आरोपमा कारागारमा चलान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३१, २०७६
|
|
२० पटक हेरिएको
Shares
श्रीमती हत्या आरोपमा कारागारमा चलान

सारांश

  • श्रीमतीको हत्या आरोपमा पक्राउ परेका नेपालगञ्जका मुकेश बुढाक्षेत्री पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
  • नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरकी स्वस्तिका लिम्बूको हत्या आरोपमा पक्राउ परेका बुढाक्षेत्रीलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
  • न्यायाधीश अनिलकुमार शर्माको एकल इजलासले स्वस्तिकाको पति बुढाक्षेत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अधिवक्ता लोकबहादुर शाहले जानकारी दिनुभयो ।

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका नेपालगञ्जका मुकेश बुढाक्षेत्री पुर्पक्षका लागि कारागार चलान भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरकी स्वस्तिका लिम्बूको हत्या आरोपमा पक्राउ परेका बुढाक्षेत्रीलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।न्यायाधीश अनिलकुमार शर्माको एकल इजलासले स्वस्तिकाको पति बुढाक्षेत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अधिवक्ता लोकबहादुर शाहले जानकारी दिनुभयो ।

गत वैशाख १ गते १९ वर्षीया स्वस्तिकाले आत्महत्या गरेको परिवारले बताए पनि माइतीपक्षले ज्वाइँ बुढाक्षेत्रीले हत्या गरेको भन्दै आन्दोलन गर्दै आएको थियो ।नेपालगञ्ज–२० राँझा माइती भएकी स्वस्तिकाको छ महीना अघिमात्र विवाह भएको स्थानीय छिमेकी उषा थापाले बताउनुभयो । स्वस्तिकाको आत्महत्या नभई हत्या भएकाले न्यायका लागि माइतीपक्षले निरन्तर माग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?