आज देशैभरी युवा संघ र अनेरास्ववियुले जिल्ला प्रशासन कार्यलय घेर्ने….

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १७, २०७३
|
|
७८१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाैं– सरकारले संसदमा दर्ता गराएकाे संविधान संशाेधन विधेयककाे विराेधमा देशैभर प्रदर्शन भइरहेका छन्।
  • यसै क्रममा काठमाडाैंमा बिहीबार एमालेकाे युवा र विद्यार्थी संगठनले संयुक्त रूपमा विराेध प्रदर्शन गरेका छन् र आजबाट आन्दोलन र प्रदशन झनै कडा बनाउदै सरकारलाइ घुन्डा टेकाउन थप कडा आन्दोलन गर्ने तयारी भै राखेको बताएका छन्।
  • आज देशैभरी युवा संघ र अनेरास्ववियुले जिल्ला प्रशासन कार्यलय घेर्ने भएको छ ।

काठमाडाैं– सरकारले संसदमा दर्ता गराएकाे संविधान संशाेधन विधेयककाे विराेधमा देशैभर प्रदर्शन भइरहेका छन्। यसै क्रममा काठमाडाैंमा बिहीबार एमालेकाे युवा र विद्यार्थी संगठनले संयुक्त रूपमा विराेध प्रदर्शन गरेका छन् र आजबाट आन्दोलन र प्रदशन झनै कडा बनाउदै सरकारलाइ घुन्डा टेकाउन थप कडा आन्दोलन गर्ने तयारी भै राखेको बताएका छन्। आज देशैभरी युवा संघ र अनेरास्ववियुले जिल्ला प्रशासन कार्यलय घेर्ने भएको छ । आज अनेरास्ववियु केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले काठमाडौमा एभरेस्ट होटल अगाडी र देशभरी एकै समयमा जिल्ला प्रशासन कार्यलय घेर्ने निर्णय गरेको हो । युवा संघ काठमाडौका प्रबक्ता सुदर्शन बजगाईका अनुसार आन्दोलनको तेश्रो दिन अनेरास्ववियु र युवा संघले संशोधन प्रस्ताव विरुद्ध जनमत सिर्जना गरेर सरकारलाई प्रस्ताव फिर्ता गराउन बाध्य पार्न दैनिक विभिन्न स्वरुपको आन्दोलन तय गरिएको हो । भोलि २:३० बजे देशभरी बिरोध पर्दशन हुने बजगाईले शिखरन्युजलाइ बताए ।

समिप गौतम
शिखरन्युज सम्पादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?