बागमती प्रदेशका अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०८०
|
|
२५ पटक हेरिएको
Shares
बागमती प्रदेशका अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर

सारांश

  • चितवन ।
  • बागमती प्रदेश सरकारले मातहतका १० अस्पतालको स्तरोन्नति गरेसँगै स्वास्थ्य र शिक्षामा अवसर सिर्जना भएको छ ।
  • स्तरोन्नति भएर एक सय श्यया पुगेका अस्पतालमा स्वास्थ्यसँगै शैक्षिक कार्यक्रम सञ्चालन हुने भएका छन् ।

चितवन । बागमती प्रदेश सरकारले मातहतका १० अस्पतालको स्तरोन्नति गरेसँगै स्वास्थ्य र शिक्षामा अवसर सिर्जना भएको छ । स्तरोन्नति भएर एक सय श्यया पुगेका अस्पतालमा स्वास्थ्यसँगै शैक्षिक कार्यक्रम सञ्चालन हुने भएका छन् । यी अस्पतालमा जनशक्ति, भौतिक पूर्वाधार, उपकरणसमेत थप हुने भएपछि स्थानीयले सहज स्वास्थ्य सुविधा पाउने भएका हु्न् ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेशमा स्वास्थ्य मन्त्री भएपछिको सबैभन्दा महत्त्वपूर्ण निर्णय गर्न शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी गरिएको बताए । उनले भने, “प्रदेशको स्वास्थ्य र स्वास्थ्य शिक्षामा यसले फड्को मारेको छ ।”

स्वास्थ्यसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालन गर्न कम्तीमा एक सय श्ययाको अस्पताल आवश्यक पर्दछ । अस्पतालकै अभावमा धेरै स्वास्थ्यसँग सम्बन्धित शैक्षिक कार्यक्रम बन्द भइरहँदा प्रादेशिक अस्पतालमा समेत शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने भएको मन्त्री जोशीको भनाइ थियो ।

मन्त्री जोशीले आज यहाँ पत्रकारहरुसँग भने, “अस्पतालको स्तरोन्नति भएसँगै प्रदेशमा कोही उपचारबाट वञ्चित हुनुपर्ने छैन ।” गरिबका लागि निःशुल्क उपचारको व्यवस्थासमेत प्रदेशले गरेको उनको भनाइ थियो । यससँगै स्थायी पाँच सय ९९ र करारका एक सय ५९ दरबन्दी थप भएको उनले जानकारी दिए । उनका अनुसार यी अस्पतालमा अपुग भौतिक संरचना बन्दै जाने छन् ।

प्रदेश सरकारको पुस ३ गते बसको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार मातहत रहेका १० वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको थियो । जसअनुसार प्रदेश राजधानी हेटौँडाको हेटौँडा अस्पताल र भक्तपुरको भक्तपुर अस्पताललाई तीन सय श्यया बनाउने निर्णय भएको छ ।यसअघि ती दुवै अस्पताल एक सय श्यया क्षमतामा सञ्चालन हुँदै आएका थिए ।

बैठकले धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिशूली, सिन्धुलीको सिन्धुली अस्पताल, चितवनको रत्ननगर बकुलहर अस्पताललाई एक सय श्यया बनाउने निर्णय गरेको थियो । त्यस्तै बैठकले सिन्धुपाल्चोकको सिन्धुपाल्चोक अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं स्मृति अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० श्यया बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधन गर्ने सरकारको अन्तिम तयारीपछि यस्तो आयो एमालेको कडा प्रतिक्रिया
संविधान संशोधन गर्ने सरकारको अन्तिम तयारीपछि यस्तो आयो एमालेको कडा प्रतिक्रिया
कांग्रेस सभापतिहरुको भेलामा ट्रम्प र किमको चर्चा
कांग्रेस सभापतिहरुको भेलामा ट्रम्प र किमको चर्चा
भन्सार विभागका महानिर्देशक चार महिनामै अर्थ मन्त्रालय फिर्ता
भन्सार विभागका महानिर्देशक चार महिनामै अर्थ मन्त्रालय फिर्ता
अमिताभले तिरिदिए १४ सय किसानको ६ करोड ऋण
अमिताभले तिरिदिए १४ सय किसानको ६ करोड ऋण
प्रहरीको नियन्त्रणबाटै शिक्षक नदीमा हाम्फालेपछि…
प्रहरीको नियन्त्रणबाटै शिक्षक नदीमा हाम्फालेपछि…
प्रधानमन्त्री ओलीको नेतृत्वमा ११९ जनाको जम्बो टोली चीन भ्रमणमा, को को छन्, नाम सहित
प्रधानमन्त्री ओलीको नेतृत्वमा ११९ जनाको जम्बो टोली चीन भ्रमणमा, को को छन्, नाम सहित
बैंकलाई ब्रोकर लाइसेन्सः प्रक्रिया पु¥याउनै समय लाग्ने
बैंकलाई ब्रोकर लाइसेन्सः प्रक्रिया पु¥याउनै समय लाग्ने
छिन्ताङका मतदाता को माग खानेपानि र पक्कि बाटो
छिन्ताङका मतदाता को माग खानेपानि र पक्कि बाटो
महिलाहरु के गर्छन् यो गोप्य “सेक्स क्लब”मा ? जहाँ हुन्छ पुरुषलाई प्रवेश निषेध
महिलाहरु के गर्छन् यो गोप्य “सेक्स क्लब”मा ? जहाँ हुन्छ पुरुषलाई प्रवेश निषेध
दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ
दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाइ

तपाईंले छुटाउनुभयो कि?