प्रधानमन्त्री ज्यु कम्युनिस्ट शासन आयो भने रुन पाइदैन – पुर्व मन्त्री बस्नेत ।

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ज्यु कम्युनिस्ट शासन आयो भने रुन पाइदैन – पुर्व मन्त्री बस्नेत ।

सारांश

  • १५ कर्तिक, भक्तपुर, नेपाली कांग्रेसले हिजो जारी गरेको आफ्नो घोषणापत्रमा कम्युनिस्टहरुको गठबंधनले मुलुकमा एकदलीय साम्यबादी शासन तर्फ मुलुकलाई लग्न लागेको कुरा प्रमुख रुपमा उठाइरहेको छ।
  • प्रधानमन्त्री देउबाले कम्युनिस्ट साशनमा रुन समेत नपाइने अभिव्यक्ति दिइरहेको बेला एमाले नेता भक्तपुर २ नं क्षेत्रका उम्मेद्वार महेश बस्नेतले भने हो कम्युनिस्ट शासनमा रुन मनाही छ।
  • बाम गठबंधनले बहुमत प्राप्त गरेपछी ५ बर्षमा नेपाल अल्पविकसित देशबाट बिकाशसिल देशमा परिणत हुनेछ, १५ बर्षमा पूर्णत विकसित हुनेछ।

१५ कर्तिक, भक्तपुर, नेपाली कांग्रेसले हिजो जारी गरेको आफ्नो घोषणापत्रमा कम्युनिस्टहरुको गठबंधनले मुलुकमा एकदलीय साम्यबादी शासन तर्फ मुलुकलाई लग्न लागेको कुरा प्रमुख रुपमा उठाइरहेको छ। प्रधानमन्त्री देउबाले कम्युनिस्ट साशनमा रुन समेत नपाइने अभिव्यक्ति दिइरहेको बेला एमाले नेता भक्तपुर २ नं क्षेत्रका उम्मेद्वार महेश बस्नेतले भने हो कम्युनिस्ट शासनमा रुन मनाही छ। बाम गठबंधनले बहुमत प्राप्त गरेपछी ५ बर्षमा नेपाल अल्पविकसित देशबाट बिकाशसिल देशमा परिणत हुनेछ, १५ बर्षमा पूर्णत विकसित हुनेछ। अनि जनताले चाहेको सुख, शान्ति र समृद्धि प्राप्ती हुनेछ। तेसपछी जनताले रुने दिन सकिनेछ। 

०४७ साल देखि कांग्रेसले १२ बर्ष गरेको शासणमा जनताले कुशासन भष्टाचार र दुख पाएका र धेरै पटक रुनु परेको छ। ०५२ सालमा मनमोहन अधिकारीको सरकार ढालेर देउबाले संसदीय राजनीति भित्र बिकृती, बिसंगती सुरुगरेको पजेरो काण्ड, सांसद किनबेच, सुत्केरीले खाने औषधि पुरुष सभासद्ले खाएको, सरकार बचाउन देउबा सरकारका मन्त्रीहरु सिगांपिर गएर होटलको सिसा फोरेको जस्ता घट्नाका कारण संसदीय ब्यबस्था बदनाम भएको कारण जनताले पटक रुनुपरेको छ। अहिले पनि संसारको ठूलो मन्त्री मंण्डल बनाएर गिनिज बुकमा नाम लेखाएकै छन। सुडान प्रकरण काण्डमा सम्मेलित अभियुक्तहरुलाई जेल हाल्ने। लोकमानलाई अख्तियार प्रमुख बाट हटाउने ,नवराज सिलवाललाई आइजिपी बनाउन र एनसेलको बक्यौता कर तिर्न फैसला गरे बापत महाअभियोग लगाउने काम गरेको छ।

यस्ता कामको कारणजनता धेरै रोएका छन ढुक्क हुनुहोस प्रधानमन्त्री ज्यु अब एमाले आउदैछ जनताले रुनपाउदैनन। नेबि संघको अधिबेशन ७ पटक नगर्ने , अन्य भातृ संघठनमा टिके प्रथा कायम गर्ने। पार्टीको बिभाग र समितीको मनोनयन गर्न नसक्ने अनि एमाले संग लोकतन्त्रको कुरा गर्ने। कांग्रेसको यो उपदेश रक्सिको गिलासमा चियर्स गर्दै अरुलाई रक्सी खान हुन्न भनेर सिकाए जस्तै हो। आज सुर्यबिनायकको दधिकोटमा आयोजित कार्यक्रममा त्यहाँको संखदेब परिवारलाई एमालेमा भित्राउने सन्दर्भमा बताएका हुन।उक्त कार्यक्रम बाल कृष्ण, महेश, राजेन्द्र, प्रबिण सबिन संखदेब र राम कृष्ण राजथला लगाएत ५३ जना कांग्रेस परित्याग गरि एमाले प्रबेश गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?