महिला कामदारका लागि खुला भयो जोर्डन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
महिला कामदारका लागि खुला भयो जोर्डन

सारांश

  • काठमाडौँ, कात्तिक २८ गते ।
  •   नेपाली महिला अबदेखि घरेलु कामदारका रूपमा जोर्डन जान पाउने भएका छन् ।
  •   नेपाल र जोर्डनबीच श्रमसम्झौता भएपछि त्यहाँ नेपाली महिला घरेलु काममा जान पाउने भएका हुन् ।

काठमाडौँ, कात्तिक २८ गते ।  नेपाली महिला अबदेखि घरेलु कामदारका रूपमा जोर्डन जान पाउने भएका छन् ।  नेपाल र जोर्डनबीच श्रमसम्झौता भएपछि त्यहाँ नेपाली महिला घरेलु काममा जान पाउने भएका हुन् ।
सम्झौतासँगै कामदारको कार्यस्थल सुरक्षा, बीमा र रोजगार अधिकारलाई बलियो बनाइएको छ ।  अब जोर्डन जाने घरेलु कामदारले मासिक तीन सय  अमेरिकी डलर पाउने छन् भने गार्मेन्टमा जानेका लागि २५० डलर तोकिएको छ ।
जोर्डनसँगको सम्झौतामा रोजगारीका लागि जाने नेपाली कामदार निःशुल्क भिसा र टिकटमा जान पाउने छन् भने कामदारको हवाई टिकट र भिसा शुल्क रोजगारदाताले नै व्यहोनुपर्ने उल्लेख गरिएको छ ।
सरकारले यसअघि घरेलु कामदारका रूपमा विदेश जान महिलालाई रोक लगाएको थियो ।  श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले जोर्डनसँग गरिएको श्रम सम्झौतामा महिला कामदारको समेत रोजगार अधिकार बलियो पारिएकाले त्यहाँ कामदार पठाउने व्यवस्था गरिएको जानकारी गराउनुभयो ।  जोर्डनबाहेक अन्य देशमा भने तत्कालै घरेलु कामदारका रूपमा नेपाली महिला जान पाउने छैनन् ।
वैदेशिक रोजगार विभागका अनुसार जोर्डनमा झण्डै पाँच हजार नेपाली कार्यरत छन् ।  तीमध्ये धेरैजसो गार्मेन्ट क्षेत्रमा कार्यरत छन् ।  गएको कात्तिक १ गते जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका डा. अलि अल गेजावीले श्रम सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?