चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
चाँदी र हात्तीको पुच्छरसहित दुईजना पक्राउ

सारांश

  • गौशाला, २९ कात्तिक  :  अवैध चाँदी र हात्तीको पुच्छरसहित प्रहरीले आज महोत्तरीको बर्दिवासबाट दुई जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका– १ का विश्राज तिवारी र कालिकोट तिलकनगर– ९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताउनुभयो ।
  • प्राप्त सूचनाका आधारमा उनीहरुलाई बर्दिवासस्थित शिशमहल होटलबाट ९ किलो चार सय ग्राम चाँदीको तयारी गरगहना र १५ हजार १०० सय थान हात्तीको पुच्छर जस्तो देखिने बस्तुसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

गौशाला, २९ कात्तिक  :  अवैध चाँदी र हात्तीको पुच्छरसहित प्रहरीले आज महोत्तरीको बर्दिवासबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका– १ का विश्राज तिवारी र कालिकोट तिलकनगर– ९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताउनुभयो ।

प्राप्त सूचनाका आधारमा उनीहरुलाई बर्दिवासस्थित शिशमहल होटलबाट ९ किलो चार सय ग्राम चाँदीको तयारी गरगहना र १५ हजार १०० सय थान हात्तीको पुच्छर जस्तो देखिने बस्तुसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ भने चाँदी राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैया र हात्तीको पुच्छर जस्तो देखिने वस्तु जिल्ला वन कार्यालय महोत्तरीमा बुझाउने तयारी गरिहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?