चौरी चराउन गएका दुइजना नफर्किए पछि
सारांश
- ताप्लेजुङ ,मंसिर १ २०७४-फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोलाका राजनीतिक दल तथा कर्मचारी दुइजना मतदाताको पर्खाइमा बसेका छन् ।
- गाउँमा भएका सबै ९४ जनाले मतदान गरिसके पनि चौरी चराउन गएका दुइजना नफर्किएका कारण उनीहरु बुथ रुंगेर बसेका छन् ।
- फक्तालुङ गाउपालिकाका प्रबक्त्ता तथा ओलाङचुङगोलाका वडा सदस्य छेतेन वालुङका अनुसार तेञ्जिङ शेर्पा र दावा शेर्पाले आएर मतदान गरे बुथ बन्दगर्न तुरुन्तै सहमति हुन्छ ।
ताप्लेजुङ ,मंसिर १
२०७४-फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोलाका राजनीतिक दल तथा कर्मचारी दुइजना मतदाताको पर्खाइमा बसेका छन् । गाउँमा भएका सबै ९४ जनाले मतदान गरिसके पनि चौरी चराउन गएका दुइजना नफर्किएका कारण उनीहरु बुथ रुंगेर बसेका छन् ।
फक्तालुङ गाउपालिकाका प्रबक्त्ता तथा ओलाङचुङगोलाका वडा सदस्य छेतेन वालुङका अनुसार तेञ्जिङ शेर्पा र दावा शेर्पाले आएर मतदान गरे बुथ बन्दगर्न तुरुन्तै सहमति हुन्छ । ‘अरु आउने सम्भावना नभएकाले चिसोमा रुँगेर बस्नको अर्थ हुँदैन थियो । तर, दुइजनाको पर्खाइमा बसेका छौं’ छेतेनले भने, ‘उनीहरु मौवाटारमा चौरी फर्काउन गएका थिए, भेटेनन् की किन हो आएनन् ।’
सञ्चार सुविधा नभएकाले उनीहरुलाई चाँडो आउ भनेर बोलाउने यात आउने/नआउने निधो गर्ने उपाय छैन । गोलामा ५० महिला र ४४ पुरुषले मतदान गरेका छन् । यहाँ स्थानीय तहमा १ सय ३१ मत खसेको थियो । तेञ्जिङ र दावा आए स्थानीय तहको तुलनामा ३५ मत कम झर्नेछ । उनीहरु नआए ३७ मत कम हुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया