नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यपद त्याग्ने यि नेता !
सारांश
- काठमाडौँ, १० जेठ ।
- एक जना नेताले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यका पद त्यागेका छन ।
- रुकुमबाट नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बनाइएका गोपाल शर्मा‘अनल’ ले भने पाएको पद पनि छाडेको घोषणा गरेका हुन ।
काठमाडौँ, १० जेठ । एक जना नेताले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यका पद त्यागेका छन ।
रुकुमबाट नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बनाइएका गोपाल शर्मा‘अनल’ ले भने पाएको पद पनि छाडेको घोषणा गरेका हुन ।
उनले आफू भन्दा क्षमतावान र धेरै होनाहार नेता छुटेकाले उनीहरुका लागि पद त्याग गरेको बताएका छन् । तत्कालीन माओवादी केन्द्रका रुकुम अध्यक्ष शर्माले आफुले पाएको पद असन्तुष्टिले भन्दा पनि अगुवालाई अवसर दिन छाडेको बताएका छन् । उनले भूमिका नभएकाहरुलाई भूमिका दिन आफुले केन्द्रीय सदस्य पद छोडेको बताए । ‘म त सांसद छँदैछु नि, किन मलाई दोहोरो पद चाहियो’ उनले भने, अरु साथीहरु भूमिकाविहीन हुनुहुन्छ, उहाँहरुलाई समेट्दा काम गर्न पनि सजिलो हुन्छ ।’
रुकुमका पूर्व पाल्पा जिल्ला इन्चार्ज वसन्त शर्मा र विप्लवबाट आएका महेन्द्र केसीलाई भूमिका दिन आफुले पद छाडेको उनले बताए । गोपाल शर्मा पाल्पाको सेक्रेटरी हुँदा वसन्त शर्मा पाल्पा इन्चार्ज थिए । वसन्त शर्मा लामो समय पाल्पाको इन्चार्ज हुनुभयो, महेन्द्र केसी विप्लवबाट नेतृत्व लिएर माओवादी केन्द्रमा आउनु भएको हो उनले थपे, ‘उहाँसँगै विप्लवबाट आउने केन्द्रीय सदस्य भइसके तर उहाँ पर्नु भएन, उहाँहरुलाई जसरी पनि केन्द्रीय समितिमा समेट्नु पर्छ ।’ गोपाल शर्माको नेतृत्वमा स्थानीय निर्वाचनमा माओवादी केन्द्रले रुकुममा अन्य दललाई स्वीप गरेको थियो ।
उनले आफु केन्द्रीय सदस्य हुन लायक नभएर छाडेको भन्ने कुरा गलत रहेको बताए । ‘बाँके बर्दियाको इन्जार्चमा २०५८ साल नै थिए, त्यो भन्दा अगाडि विद्यार्थीको नेतृत्व गरेको थिएँ, उनले भने, म भन्दा जुनियरहरु धेरैजना केन्द्रीय कमिटीमा हुनुहुन्छ तर भूमिका नपाएका अग्रजहरुलाई भूमिका दिनुपर्छ भन्ने मेरो मत हो ।’
केन्द्रीय सदस्य परिग्याग गरेका शर्मा रुकुमका प्रदेश संसद हुन । उनले छुटेका होनहार नेतालाई केन्द्रीय कमिटिमा समेट्ने अरुले पनि सदासयता देखाउनु पर्ने बताए । ‘सांसद हुने केन्द्रीय सदस्य हुनै पर्छ भन्ने छैनु, शर्माले भने,छुटेकालाई समेट्न अरुले पनि मैले जस्तै त्याग गर्नु सक्नु भयो भने नेकपा अझै सशक्त हुन्छ ।’
Krishna Thakuri
धेरै राम्रो कमरेड
Gyanesh Raut
बुझ्ने खालको नेता भेटियो
Narayan Bhandari
Ye 13 jodi ma 1 jana le xadnu parx
Milan Xr
Good imandar baktito ho
Madhav Thapa
Dilma chhoyo commred