कांग्रेसका कारण चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुन सकेन
सारांश
- काठमाडाै, ३२ असार ।
- सरकारले अनसनरत डा गोविन्द केसीका माग बेवास्ता गर्दै सोमबार संसदमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी गरे पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण विधेयक पेश हुन सकेन।
- चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनशनरत डा गोविन्द केसीको असहमतिका बीच सरकारले विधेयक संसदमा पेश गर्ने तयारी गरेको थियो।
काठमाडाै, ३२ असार । सरकारले अनसनरत डा गोविन्द केसीका माग बेवास्ता गर्दै सोमबार संसदमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी गरे पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण विधेयक पेश हुन सकेन। चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनशनरत डा गोविन्द केसीको असहमतिका बीच सरकारले विधेयक संसदमा पेश गर्ने तयारी गरेको थियो।
सोमबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी गराएको थियो। डा केसीसँग वार्ता गर्ने प्रयास गरिरहेको सरकारले त्यस अगावै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्न लागेको थियो। डा केसीसँग वार्ता अगाडि बढाउने र सहमतिका आधारमा विधेयक संशोधन गर्न सकिने सरकारले बताएको थियो।
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्यको माग गर्दै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा केसी जुम्लामा अनशन बसेको १६ दिन भइसकेको छ। सरकारले वार्ताका लागि अनशन छाडेर काठमाडौं आउन आग्रह गरे पनि उनले मानिरहेका छैनन्। केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश अनुसार नै विधेयक ल्याउनु पर्ने बताउँदै आएको छ।
त्यसमा काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाइने लगायतका विषय उल्लेख छन्। जसलाई मान्न नसकिने वर्तमान सरकारले बताउँदै आएको छ।
प्रतिक्रिया