मन्त्रीहरु चढ्न थाले विद्युतीय कार
सारांश
- काठमाडौं ।
- नेपालमा विद्युतीय कारको माग विस्तारै बढ्न थालेको छ ।
- वातावरण प्रदुषित भैरहेका बेला विद्युतीय कार चढ्नेहरु पनि बढ्न थालेका हुन् ।
काठमाडौं । नेपालमा विद्युतीय कारको माग विस्तारै बढ्न थालेको छ । वातावरण प्रदुषित भैरहेका बेला विद्युतीय कार चढ्नेहरु पनि बढ्न थालेका हुन् ।
यससँगै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलका लागि विद्युतीय कार खरिद भएको छ । प्रदेश ३ को सरकारले मुख्यमन्त्रीका लागि पहिलोपटक विद्युतीय कार खरिद गरेको हो । चीनमा बनेको बिवाइडी कम्पनीको कार २ घण्टा चार्ज गरेपछि ४ सय किमीसम्म गुड्नेछ । कार ३१७ भोल्ट क्षमताको रहेको छ ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले छिट्टै चीनबाट २५ वटा सार्वजनिक यातायातका विद्युतीय बस पनि खरीद गर्ने प्रक्रिया चलाएको बताएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा आगामी १० वर्षभित्र पेट्रोल, डिजेलबाट चल्ने सवारी विस्थापन गरी विद्युतीय सवारी साधन चलाउन प्राथमिकता दिने योजना ल्याएको छ ।
विद्युतीय कार १० वर्षसम्म सामान्य ब्याट्री मर्मत गरेमात्र पुग्ने बताइएको छ । पेट्रोल, डिजेलको कार–जीपभन्दा सञ्चालन खर्च निकै कम हुने विशेषता भएको बताइएको छ । मुख्यमन्त्रीका लागि खरिद गरिएको कारको मूल्य ५५ लाख रुपैयाँ रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया