कांग्रेससँग एकता गर्ने कमल थापाको संकेत, राखे यस्तो सर्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
२० पटक हेरिएको
Shares
कांग्रेससँग एकता गर्ने कमल थापाको संकेत, राखे यस्तो सर्त

सारांश

  • चितवन,२६ मंसिर ।
  •  राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले महासमिति बैठकबाट कांग्रेसले हिन्दु राष्ट्रका पक्षमा उभिने निर्णय गरे सहकार्य गरेर अघि जाने बताएका छन् ।
  • बुधबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले हठात रुपमा हिन्दु राष्ट्र हटाउँदा चौतर्फी मार परेको दावी गरे ।

चितवन,२६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले महासमिति बैठकबाट कांग्रेसले हिन्दु राष्ट्रका पक्षमा उभिने निर्णय गरे सहकार्य गरेर अघि जाने बताएका छन् । बुधबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले हठात रुपमा हिन्दु राष्ट्र हटाउँदा चौतर्फी मार परेको दावी गरे । उनले भने, ‘कांग्रेस महामन्त्रीलगायतका नेताहरुले हिन्दुराष्ट्रका पक्षमा दिएका कुराहरु सकारात्मक छन्, संस्थागत निर्णय गरेर आए कांग्रेससहितका शक्तिहरुसँग सहकार्य हुन्छ ।’

हिन्दु राष्ट्र कायम गराउन राजनीतिक सहमति जुटाउनु पर्नेमा उनको जोड छ । सहमति नभएमा मात्रै जनमत संग्रहलाई विकल्पका रुपमा राख्नुपर्ने उनले बताए । पछिल्लो समयमा नेपालमा १० लाखभन्दा बढि जनतालाई प्रभावमा पारेर धर्म परिवर्तन गराइएको थापाको दाबी छ । सरकार नै कुनै एक धर्म प्रचारको कार्यक्रममा सक्रियतापूर्वक लाग्नु लज्जाजनक भएको समेत उनले बताए । पार्टी एकताका बारेमा सोधिएको प्रश्नमा राप्रपा अध्यक्ष कमल थापाले भने, ‘फेरि कहिल्यै पार्टी नफुट्ने गरि एकता गर्न खोजका छौं । फेरि फुट्यो भने हामी सकिन्छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसविरुद्धको खोप पहिलोपटक मानिसमा परीक्षण
कोरोना भाइरसविरुद्धको खोप पहिलोपटक मानिसमा परीक्षण
४ हजार ८ सय वटा फुल पहिरिएर  बिदाइ भए मकवानपुर प्रहरी प्रमुख
४ हजार ८ सय वटा फुल पहिरिएर बिदाइ भए मकवानपुर प्रहरी प्रमुख
कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान
 राष्ट्रिय जनता पार्टीले टेरेन निर्वाचन आयोगको निर्देशन
 राष्ट्रिय जनता पार्टीले टेरेन निर्वाचन आयोगको निर्देशन
रिचार्जरमा कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा
रिचार्जरमा कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा
समृद्धिका लागि साहस र धैर्यता चाहिन्छ : प्रधानमन्त्री ओली
समृद्धिका लागि साहस र धैर्यता चाहिन्छ : प्रधानमन्त्री ओली
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
थाहा पाउनुहोस् बुधबारको राशिफल
थाहा पाउनुहोस् बुधबारको राशिफल
नयाँ वर्षकाे अवसरमा प्रधानमन्त्रीकाे पहिलाे सम्वाेधन, के भने?
नयाँ वर्षकाे अवसरमा प्रधानमन्त्रीकाे पहिलाे सम्वाेधन, के भने?
सेलरोटी बेचेर क्यान्सरपीडितका लागि सहयाेग संकलन !
सेलरोटी बेचेर क्यान्सरपीडितका लागि सहयाेग संकलन !

तपाईंले छुटाउनुभयो कि?